Wednesday, February 28, 2024
spot_img
Homeफिचरयुवा अधिकृत अमित गिरिलाई पालिका मोह , ३० प्रतिशत कमिशन

युवा अधिकृत अमित गिरिलाई पालिका मोह , ३० प्रतिशत कमिशन


वीरगन्ज,११ असार /
पर्सा निवासी युवा अधिकृत अमित गीरि जिल्लामा परिचित नाम हो । गिरि काम कम राजनिति बढि गर्ने अधिकृत हुन । उनी नेकपा एमाले निकट निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष हुन ।
अधिकृत गीरि तत्कालिन नेकपा हुदाँ उनी नेकपा एमालेका नेता एंव पुर्व प्रधानमन्त्री माधव नेपाल निकट थिए । तर माधव नेपाल नेकपा छाडेर एकिकृत समाजवादी गठन गर्दा गीरि एमाले मै छन ।


देशमा संघियतामा आएपछि पालिका गठन भए पश्चात सम्म युवा अधिकृत गिरि जिल्ला हुलाक कार्यालय पर्सामा कार्यरत थिए ।

हुलाकमा कार्यरत रह्दा गीरि हुलाकको जग्गा लिजमा दिने समयमा आफु निकटका व्यक्तिलाई कम भाडामा दिएपछी विवादमा मुछिए । हुलाकको जग्गामा अहिले आरिया ईजुकेशनले लोकसेवा आयोगको कक्षा संचालनमा गरीरहेको छ ।
आरिया संग अधिकृत गिरि नै सम्झौता गरेका थिए । त्यसकारण उनी विवादमा मुछिए । आरियाका संचालक अशोक साह गिरिका व्यवसायीक मित्र पनि हुन ।

आरियाका संचालक अशोक साह र उनका भाई पर्ने मुकेश साह बिच केहि महिना अगाडी विवाद हुदाँ अशोक आरियाबाट बाहिरिएका छन । उनी जिल्ला प्रहरी कार्यालय पर्साको छेउमा संकल्प लोक सेवा संचालन गरीरहेका छन ।

विवादमा मुछिएका अधिकृत गिरि त्यसपछि पर्साको पालिकामा अधिकृतको रुपमा सरुवा गराए । पालिका गठन पश्चातको उनको पहिलो गाँउपालिका विन्दबासिनी हो । त्यसपछि उनी जिराभवानी गाँउपालिकामा गए । त्यसको केहि समयमा पर्सा कै जगरनाथपुर गाँउपालिकामा पुगे ।
अधिकृत गिरि कोरोना संक्रमणको समयमा पोखरीया नगरपालिकामा पनि कार्यभार सम्हाले । हाल उनी पर्साको कालिकामाई गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन । कालिकामाईमा दुई पटक हाजिर हुनै पाएन्न् । तेस्रो पटक हाजिर भएर काम गरीरहेका छन ।
उनी निकट स्रोतका अनुसार अधिकृत गिरि पालिकामा पुगे पश्चात विभिन्न योजनामा ३० प्रतिशत कमिशनका लागी काम सम्पन्न हुनु अगाडी नै चेक काटिदिने गरेका छन । उनी पैसाका लागी जेपनि गरिदिने र बिना पैसा केहि नगर्ने अधिकृत हुन । उनलाई अहिले पालिका मोह नै भईसकेको छ । अधिकृत गिरि पालिका बाहेक अन्य ठाँउमा बाच्न नसक्ने अधिकृत भईसकेका छन । गिरिको लगानीमा संचालनमा आएको वीरगन्ज दरबार रेस्टुरेन्ट गत साताबाट बन्द भईसकेको छ । महानगरपालिका संग गरेको सम्झौता अनुसार कर नतिरेपछि महानगरपालिकाले ताल्चा लगाएको छ ।
उनी अब पैसावाला अधिकृत मात्र नभई सफल व्यवसायी पनि भईसकेका छन । राजनितिक पकडको आडमा उनी पालिका बाहेक अन्य ठाँउमा जानै मान्दैनन् ।
स्रोतका अनुसार पर्सामा रहेको १४ वटा पालिका मध्ये ५ वटा पालिकामा प्रमुख प्रशासकिय अधिकृत रहिसकेका पहिलो अधिकृत गिरि नै हुन ।
स्रोत भन्छ ,‘पालिकाको फाईदा त सबै भन्दा बढि अधिकृत गिरि जस्ताका लागी नै आएको जस्तो लाग्छ । पालिकामा राजनिति परिवर्तन भयो तर कर्मचारीको भ्रष्ट्राचार गर्ने आनीबानीमा केही फरक परेको छैनन् । अहिले घुसबिना केही काम नै हुदैन् । घुस दियो भने छिनमै काम हुन्छ । दिन सकेन् भने महिनौ पनि बित्छ ।’
अधिकृत गिरिको अहिले पर्सा देखि संघिय राजधानी काठमांडौ सम्म घडेरी र घर भईसकेको छ । अधिकृत गिरि अहिले जिल्ला कै पैसावाला अधिकृतका रुपमा पनि परिचित छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: