Saturday, February 24, 2024
spot_img
Homeफिचरजगरनाथपुर गाउँपालिका : आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्जनिक

जगरनाथपुर गाउँपालिका : आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्जनिक

वीरगन्ज,१० असार /

जगरनाथपुर गाउँपालिकाको ७औं गाउँ सभा अगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्जनिक भएको छ । नीति तथा कार्यक्रममा ४९ करोड ३२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

शिक्षा तर्फ ११ करोड २४ लाख, स्वास्थ्य तर्फ २करोड २८ लाख, कृषि तर्फ १ करोड २६ लाख, समाजिक विकास तर्फ दुई करोड ४१ लाख, पूर्वधार विकास तर्फ १५ करोड २३ लाख, समाजिक सूरक्षा तर्फ ८ करोड र चालु तर्फ ९ करोड गरि ४९ करोड ३२ लाख बराबरको बजेट गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले प्रस्तुत गरे ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: