Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीपेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा वीरगन्जमा युवा संघको राँके जुलुस

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा वीरगन्जमा युवा संघको राँके जुलुस

वीरगन्ज,१० असार /

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले राँके जुलुस निकालेको छ।
वीरगन्ज घण्टाघर चोकबाट सुरु भएको राँके जुलुस माईथानतर्फ अगाडि बढेको थियो।

पेट्रोलियम पदार्थलगायत वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि विरुद्ध राके जुलुस संघका अध्यक्ष महम्द निजामदिनको नेतृत्वमा निस्केको थियो ।

प्रदर्शनका क्रममा युवाहरुले ुमूल्य वृद्धि खारेज गरु लगायत नारा लगाएका थिए ।

यसले केहि बेर सडकको सवारी आवागमन पनि प्रभावित भएको थियो । नेपाल आयल निगमले यसै साता प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मुल्य बढाएको थियो। डिजेलमा पनि प्रति लिटर २७ रुपैयाँ बढाइएको छ।
जुलुशमा केन्द्रिय विस्वराज पटेल, केन्द्रिय रबि गुप्ता ,जिल्ला सचीव अर्जुन नेपाल ,सदस्य प्रमोद पटेल, दाउद अलि, दिलिप रौनियार निरोज सेख ,अमिर खान ,अब्दुल हवारी ,नुरुल्लाह अन्सारी , उमेश पटेल, त्रिलोकी पटेल लगायतका नेताहरुको सअभागीता रहेको थियो ।

त्यसबाहेक खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको पनि मूल्यवृद्धि र अर्थमन्त्रीले बजेटमा सेटिङ गरेको भन्दै युवा संघले देशव्यापीरुपमा विरोध प्रदर्शन गरिरहेको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: