Friday, March 1, 2024
spot_img
Homeफिचरबिन्दबासिनी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत

बिन्दबासिनी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत

वीरगन्ज,१० असार /
पर्साको बिन्दबासिनी गाउँपालिकाको ११ औं गाउँ सभामा आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम बिहिबार प्रस्तुत गरिएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय बहुअर्वा भाठामा सुरु भएको गाउँ सभामा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले गाउँपालिकाको नियमित प्रशासनिक कार्यलाई मुस्कानसहितको प्रवाह गरिने वताए । कृषि क्षेत्रलाई गाउँपालिकाको उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गरिने अध्यक्ष तिवारीले वताए । एक वडा एक उत्पादन कार्यक्रम मार्फत रोजगारीको समेत श्रृजना गरिने उनले वताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउँपलिकालाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाए ।

गाउँ सभाले गाउँपालिकाको २९ करोड ५० लाख बराबरको बजेट सेलिङ समेत निर्धारण गरेको छ । सो बराबरको गाउँ सभाले कार्यक्रम तथा या्ेजनाहरु निर्धाण गर्ने जनाइएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: