Friday, February 23, 2024
spot_img
Homeजीवनशैलीमूल्य बृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन

मूल्य बृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन

वीरगन्ज,८ असार /
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पर्साले वीरगञ्जमा आज प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले प्रदर्शन गरेको हो ।

ठाकुर राम बहुमुखी क्याम्पस अगाडी भएको विरोध प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नाफा घाटा जान्दैनौ, मुल्य बृद्धि मान्दैनौ, निकम्मा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

विरोध प्रदर्शनमा अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमद , नेता अरमान हसमी , अनिश अन्सारी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य दाउद अलि, महानगर कमिटीका तुफैर अन्सारी, ओबिसिका केन्द्रिय सदस्य राजन साह, शयाम रौनियार, पुकार सुवेदी भक्ती अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: