Wednesday, February 28, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : प्रमुख प्रशासकिय अधिकृत मुन्ना , ईन्टरनेटमा कमिशन लिन पुरानोलाई...

परवानीपुर गाँउपालिका : प्रमुख प्रशासकिय अधिकृत मुन्ना , ईन्टरनेटमा कमिशन लिन पुरानोलाई हटाउँदै

वीरगन्ज,८ असार /

बाराको परवानीपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनीयार पछिल्लो समय विभिन्न कमिशनको चक्करमा लागेको खुलाशा भएको छ ।

गाँउपालिकाका प्रशासकिय अधिकृत रौनीयार स्थानीय निर्वाचन मिति तोकिएपछि परवानीपुर गाँउपालिकाको जिम्मेवारी सम्हालेका छन । उनी पर्साको बिन्दबासिनी गाँउपालिकाबाट सरुवा भएर परवानीपुरमा आएका हुन । यसअघि उनी नायब सुब्बा थिए ।

रौनीयार बिन्दबासिनी गाँउपालिका मै भएदेखि नै विभिन्न शिर्षकमा कमिशन उठाउनेमा खेलाडी हुन ।

अहिले उनी बिन्दबासिनी गाँउपालिका कै सम्पुर्ण कमिशनको प्रणाली परवानीपुर गाँउपालिकामा लगाउन थालेको स्रोतले जनाएको छ ।

उनी निकटस्थ स्रोतका अनुसार परवानीपुर गाँउपालिकामा जडान भएको भर्चुअल नेट प्रालिको ईन्टरनेट हटाएर वाईफाई टेक कम्पनिको ईन्टरनेट जडान गराउन रौनीयार सक्रिय भएका छन ।

बिन्दाबासिनी गाँउपालिकामा रौनीयार कार्यरत रह्दा कमिशनका लागी अन्य कम्पनिको ईन्टरनेट हटाएर वाईफाई टेक कम्पनिको ईन्टरनेट जडान गराए । उनी त्यसबापत मासिक १५ हजार कमिशन लिदै आएका थिए ।

अहिले त्यहि कम्पनिलाई मासिक १५ हजार कमिशनको चक्करमा परेर परवानीपुर गाँउपालिकामा वाईफाई टेक कम्पनिको ईन्टरनेट जडान गराउन सक्रिय भएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: