Sunday, March 3, 2024
spot_img
Homeजीवनशैलीनापी कार्यालय काण्ड : एक जना बिचौलिया रंगेहात पक्राउ

नापी कार्यालय काण्ड : एक जना बिचौलिया रंगेहात पक्राउ

वीरगन्ज,७ असार /

पर्सा प्रहरीले वीरगञ्जबाट एक जना बिचौलियालाई रंगेहात पक्राउ गरेको छ । सरकारी कर्मचारी भन्दै सेवाग्राहीसँग १ लाख २५ हजार लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगंज १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेको प्रहरीले जनाएको छ ।

वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्र सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले पाण्डेलाई रंगेहात पक्राउ गरेको हो ।
उनले निजामति कर्मचारीको पोशाक लगाएर आफू नापी कार्यालय पर्सामा कार्यरत कर्मचारी रहेको बताउँदै सेवाग्राहीसँग जग्गाको लालपुर्जा उपलब्ध गराइदिने भन्दै रकम लिन लागेका थिए ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा पाण्डेलाई रंगेहात प्रहरीले पक्राउ गरेको प्रहरीे जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: