Sunday, February 25, 2024
spot_img
Homeजीवनशैलीमहानगरका निजि विद्यालय : बार्षिक शुल्कको नाममा लुट मचाउँदै

महानगरका निजि विद्यालय : बार्षिक शुल्कको नाममा लुट मचाउँदै


वीरगन्ज,७ असार /
वीरगन्ज महानगपालिका भित्रका निजि विद्यालयहरुले बार्षिक शुल्कको नाममा लुट मचाउँदै आएका छन । निजि विद्यालय केहि नगरी बार्षिक शुल्कको नाममा रकम असुल्दै आएको अभिभावहरुले गुनासो गरेका छन ।
वीरगन्ज महानगरपालिका १३ श्रीपुर स्थित रहेको जी.एच.पी माध्यमिक विद्यालय क्षमता भन्दा बढि बार्षिक शुल्क लिएको फेला परेको छ ।
उतm विद्यालयको कक्षा २ मा अध्ययनरत विद्यार्थीबाट ५ हजार ५ सय कक्षा ७ मा अध्ययनरत विद्यार्थीबाट ६ हजार ५ बार्षिक शुल्क लिएको छ ।
निजि विद्यालयमा विभिन्न शिर्षकमा बढि शुल्क लिएको गुनासो गर्न गए शिक्षकहरुले हप्काएर फर्कोउने गरेको अभिभावक सबदर हुसैनले गुनासो गरे ।
उनका अनुसार विद्यालयहरुले विद्यार्थीहरुसँग शुल्क लिँदा समेत विभिन्न शीर्षकमा लिने गरेका छन् । जुन शुल्कको सेवा विद्यार्थीलाई दिने गरिएको छैनन् । कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई पनि कप्युटर देखी खेलकुद सम्मको शुल्क लिने गरिएको छ । जुन उनीहरुले प्रयोग गरेको पाईदैन ।
निजि विद्यालयहरुले अनुमति नलिई शुल्क बृद्धि गर्ने, भर्ना शुल्कलाई वार्षिक शुल्क भनि लिने, पाठ्पुस्तक र पोशाकमा ठुलोमात्रामा लिने कमिशन लिने गरेको अर्को अभिभावक कन्हैया यादवले बताए । महानगरपालिकाले निजि विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएपनि महानगर कै अधिकांश विद्यालयहरु कागजमा मात्र प्रक्रिया पुरा गरि व्यवहारमा नियम विपरीत चलेको पाइएको छ ।

निर्देशीका लागु गराउन कठिन छ

महानगरपालिका भित्र संचालित र भविष्यमा संचालन हुने संस्थागत विद्यालयको श्रेणी वर्गीकरण तथा विद्यालयले लिने शुल्कलाई व्यवस्थित र वैज्ञानिक वनाउन आवश्यक भएकाले महानगरपालिका शिक्षा ऐन २०७५ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले यो कार्यविधि बनाई लागू गरेको छ ।
यस्तै विद्यालयको वर्गीकरण ः(१) विद्यालयलाई अनुसूची–१ मा उल्लिखित व्यवस्था र शैक्षिक प्रशासन महाशाखाबाटतयार गरिएको विद्यालय स्तरीकृत फारामको मूल्यांकनका आधारमा देहायबमोजिम चार श्रेणीमा वर्गीकरण गरिएको छ । तर पनि निर्देशिका विपरित निजि विद्यालयमा बार्षिक शुल्कमा लुट मचाउँदै आएको अभिभावहरुको आरोप छ ।
जी.एच.पी माध्यमिक विद्यालयका निर्देशक रोमी कौरले विगतदेखि नै यो शुल्क लाग्दै आएकाले अहिले पनि लिईएको बताईन ।
महानग कै सबै निजि विद्यालयले आफ्नो क्षमता अनुसार लिदै आएको ,आफुहरु पनि लिने गरीएको प्रतिक्रिया दिईन । वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरी राउतले निर्देशिका विपरित निजि विद्यालयमा बार्षिक शुल्कमा लुट मचाउँदै आएको स्वीकार गरेका छन ।
विद्यालयलाई निर्देशीका विपरित शुल्क लिन नपाईने भनेपनि उनीहरुले वेवास्ता गर्दै आएको बताए । निर्देशीका कार्यन्वयन गराउन पटक पटक प्रयास गरेपनि असफल भएकाले यो कार्यन्वयन गर्ने कठिन रहेको उनको भनाई छ । वीरगन्ज महानगरपालिकामा साना ठुला गरी एक सय २७ वटा निजि विद्यालयहरु संचालनमा रहेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: