Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीभोलिदेखि निजी क्षेत्रका सबै उडान बन्द

भोलिदेखि निजी क्षेत्रका सबै उडान बन्द

वीरगन्ज,७ असार /
वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारी दिए ।

मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: