Friday, March 1, 2024
spot_img
Homeफिचरअसारको अन्तिम साता निर्वाचनको मिति घोषणा हुन्छ

असारको अन्तिम साता निर्वाचनको मिति घोषणा हुन्छ

वीरगन्ज,७ असार /
सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले वर्तमान सरकार संघीय संसद्को निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्। सरकारले असारको अन्तिमतिर निर्वाचनको मिति घोषणा गरेर जाने उनको भनाइ छ।

खतिवडाले मुलुकमा विषम परिस्थिति आईपर्दा जहिल्यैपनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको स्मरण गराए। बहुमत पाएको नेकपा सरकार असफल भएपछि बाध्यात्मक रुपमा देउवा नेतृत्वको सरकार गठन भएको र स्थानीय तहको निर्वाचन निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उनको भनाइ छ।

स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो दल बनाएको उनले बताए।

उनले देउवाले सरकारको नेतृत्व गर्नुपूर्व मुलुकमा कानूनी राज्य नै नभएको आरोप लगाए। आफूहरुले सन्तुलित विदेशी नीतिलाई बढावा दिएको जिकिर गरे। उनले वर्तमान सरकारले भारत र चीन दुवैसँग सुमधुर सम्बन्ध कायम गरेको पनि दाबी गरे।

खतिवडाले एसपीपी ओली सरकारकै पालामा भएको थियो भन्ने कुरा प्रमाणित भएको जिकिर गरे। तर, वर्तमान सरकारले एसपिपीबारे अब कुनैपनि अन्यौल नराखेको र हिजोको मन्त्रिपरिषद् बैठकले एसपिपी अस्विकार गर्ने भनेर अमेरिकालाई पत्राचार गर्ने निर्णय पनि गरिसकेको खतिवडाले उल्लेख गरे। सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गरेको र विभिन्न जटिल रोग लागेकहरुलाई पनि पाँच हजार रुपैयाँ दिने निर्णय गरेको उनले जानकारी गराए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: