Saturday, February 24, 2024
spot_img
Homeअन्तरवार्तासंघ र प्रदेशको निर्वाचनमा पर्सामा एमाले ठुलो दल बन्छ – युवा नेता...

संघ र प्रदेशको निर्वाचनमा पर्सामा एमाले ठुलो दल बन्छ – युवा नेता बस्नेत

गत बैशाख ३० मा स्थानीयतहको निर्वाचनको मतरिणाम अनुसार पर्सामा नेकपा एमाले पहिलो दल बनेको छ । १४ वटा पालिका रहेको पर्सामा नेकपा एमाले ५ वटा पालिकामा निर्वाचित भएर पहिलो दल बनेको हो ।
केहि समय अगाडी पर्सामा एमाले कमजोर दलको रुपमा देखिएको थियो । तर अहिलेको मतपरिणामले एमाले बलियो भएर जिल्लामा उदाएको छ ।
विगतमा जिल्लामा कमजोर रहेको एमाले अहिले कसरी बलियो भएको हो त ? अहिलेको मतपरिणाम आउँदै गरेको संघ र प्रदेशको निर्वाचनमा यथावत रह्ला ? कि यो भन्दा बलियो भएर देखापर्छ । यी अवस्था अहिले देख्न बाँकी रहेको छ ।
यो सबै अवस्थालाई मध्य नजर गर्दै एमाले निकट नेपाल खेलकुद महासंघ पर्साका सचिव एवं युवा नेता सन्दिप बस्नेत संग संक्षिप्त कुराकानी गरीएको छ ।

स्थानीयतहको निर्वाचन सकिएको छ ? तपाईहरु अहिले के मा ब्यस्त हुनुहुन्छ ?

देशमा भखरै स्थानीयतहको निर्वाचन सकिएको सबैलाई थाहा नै छ । सोही निर्वाचन अनुसार नेकपा एमाले अहिले देशको ठुलो दलको रुपमा देखिएको छ ।
अहिले देशका राजनिति अवस्था पनि भदग्रोल नै छ । एकातिर ५ दलले तालमेल गरेर चुनावमा होमिए । तर बिना गठबन्धन नेकपा एमाले एक्लै स्थानीयतहको निर्वाचनको मतपरिणामाले दोस्रो ठुलो दलको रुपमा देखिएको छ । यो संगै मधेशी दलको बर्चस्व रहेको पर्सामा पनि नेकपा एमाले अहिले ठुलो दल बनेको छ ।
जुन पर्साबासी कै लागी अत्यन्त खुशीको कुरा पनि हो । जनप्रतिनिधिहरु निति तर्जु ल्याउनेमा व्यस्त हुनुहुन्छ । भने नेकपा एमालेका नेताहरु पार्टीलाई बलियो बनाउने गरी संगठन बनाउने काममा हुनुहुन्छ । नेताहरुलाई पनि आफ्नो संगठनको तर्फबाट सहयोग गरीरहेका छौ ।

नेपाल खेलकुद महासंघ पर्साका सचिव पनि तपाई हुनुहुन्छ ? तपाईहरुको संगठन के गर्दैछ ?

चुनाव सकिएको छ । चुनावमा गरीएको मेहनत अहिले देखेरे खुशी पनि छौ । संगठन खटेर त आज जिल्लामा ठुलो दल एमाले बनेको छ । अब आउँदै गरेको संघ र प्रदेशको निर्वाचनमा बलियो हुनेगरी संगठन बिस्तारका काम भईरहेका छन । त्यहि काममा संगठन पुर्ण रुपमा लागीपरेको छ । संगठन पनि खेलकुदमा लागेका युवाहरुको लागी काम गरीरहेको छ । एकताबद्ध भएर अगाडी बढिरहेका छौ ।

दिनप्रतिदिन महंगी बढ्दै गइरहेको छ ? तपाईहरु कहिले पनि यसको विरोधमा बोल्नु हुदैन नि किन ?

तपाईलाई थाहा नै छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व सरकार खसेपछि पाँच दलिय सरकार बनेको छ । यीनीहरु देशको समस्या भन्दा आफ्नो स्वार्थमा बढि केन्द्रित छन । जुन बेला देखि पाँच दलिय सरकार बनेको छ त्यहि बेला देखि मंहगी बढ्दै गईरहेको छ । यो सरकार अहिले पुर्ण रुपमा मंहगी बढाउने तर्फ केन्द्रित छ । यो सरकारको विपक्षमा भएको हैसियतले पनि नेकपा एमालेका भातृ संगठन दिनँहृ सडकमा नै छन । तर सरकार सुनिरहेको छैन । अब सरकार नसचिए देशभरी नै सरकारको विरोधमा सडकमा आगो बाल्ने काम सुरु हुन्छ ।

पहिले भन्दा नेपाल खेलकुद महासंघको संगठन निस्क्रिय बनेको , सुनिन्छ नि ?

हैन यो कुरामा म सहमत छैन । अहिले पर्सामा एमाले बलियो बने संगै सबै संगठन बलियो बनेका छन । पहिले त खेलकुद महासंघ पर्सामा निस्किय नै थियो । अहिले त सक्रिय भएको छ । केहि बर्ष त संगठन नै थिएन । अहिले सबै तहमा संगठन निर्माण भएका छन । यो क्रम पनि जारी छ । अब यो काम रोकिदैन । हामी यसमा निरन्तर लागी परेका छौ । भविष्यमा नेपाल खेलकुद महासघ जिल्लामै पहिलो भातृसंगठनको रुपमा देखिन्छ । ं

अन्तयमा के भन्नु हुन्छ ?

नेकपा एमाले पर्सामा पहिलो दलको रुपमा उदाएको छ । यो जनमतलाईलाई कदर गर्र्दै सबै नेताहरु एक भएर लाग्नु पर्छ । र आउँदै गरेको संघ र प्रदेशको निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने गरी काममा खट्नु पर्ने आवश्यकता छ । यो काममा हामी सबैलाई अहिले देखि नै लाग्न जरुरी छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: