Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीप्रसौनी पोलिटेक्निकल इन्स्टिच्युटले पायो पाँच बिघा जग्गा

प्रसौनी पोलिटेक्निकल इन्स्टिच्युटले पायो पाँच बिघा जग्गा

वीरगन्ज,४ असार /
बाराको प्रसौनी गाउँपालिकामा सञ्चालित पोलिटेक्निकल इन्स्टिच्युटलाई नेपाल सरकारले पाँच बिघा १२ धुर जग्गामा दिएको छ । नेपाल सरकारको २०७६ वैशाख १० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार मालपोल कार्यालय, बाराले नेपाल सरकारको नाउँमा रहेको सो जग्गाको लालपुर्जा हिजो गापाको कार्यालयमा आयोजित एक कार्यक्रममा कलेजका प्रधानाध्यापक सुफी अन्सारीलाई बुझाएको थियो ।

नेपाल सरकारको सिटिइभिटीको आङ्गिक कलेजको रूपमा बाराको प्रसौनीमा स्थापना भएको सो कलेज २०७६ सालदेखि सामुदायिक विद्यालयमा सञ्चालित थियो । भौतिक संरचना नभए पनि विगत तीन वर्षदेखि डिप्लोमा इलेक्ट्रिकल इन्जिनीयरिड्ढो कक्षा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारको प्रयास तथा नेपाल सरकारको पहलमा सो जग्गा पोलिटेक्निक इन्स्टिच्युटको नाममा दर्ता भएपछि चालू आर्थिक वर्षमा नेपाल सरकारले तीन करोड रकमसमेत विनियोजित गरिसकेको छ । हुलाकी सडकसँग जोडिएको सो जग्गालाई अहिलेसम्म सो भेगका जनताले सार्वजनिक स्थलको रूपमा प्रयोग गर्दै आएका थिए । नेपालमा सङ्घीयता आएपछि मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा तथा सप्तरीबाहेक सबै जिल्लामा प्राविधिक कलेज पुगेको छ ।

गापाध्यक्ष विनोद जैसवालको सभापतित्वमा भएको कार्यक्रममा पूर्वगापाध्यक्ष भोला कलवार, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरि गौतम, बाराका अध्यक्ष राजकुमार साहलगायत सहभागी थिए ।

सो पोलिटेक्निक इन्स्टिच्युटमा अहिले ७० जनाले तीन वर्षे कोर्ष अध्ययन गरिरहेका छन् । नेपाल सरकारको निर्णय अनुसार सो कलेजले तीन वर्षको लागि रु ४८ हजार शुल्क तोकेको छ । सोही विषयको अध्ययन गर्न निजी क्षेत्रले तीन लाख ५० हजार रुपैयाँ लिने गरेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: