Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीपालिकाका प्रमुख प्रशासकिय अधिकृत : जसले कार्यालय समयमा फोन बन्द राख्छन ,...

पालिकाका प्रमुख प्रशासकिय अधिकृत : जसले कार्यालय समयमा फोन बन्द राख्छन , फोन उठाउदैनन् ?


वीरगन्ज,३ असार /
पर्साका अधिकांश पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले कार्यालय समयमा फोन बन्द राख्ने गरेको पाएको छ । विगत लामो समय देखि पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले जनताको समस्या सुनुवाईको वेवास्ता गर्दै फोन बन्द राख्ने गरेका छन ।
जिल्लाबासीका अनुसार लामो समयदेखि पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले फोन बन्द राख्ने काममा अगाडी देखिएका छन । स्थानीय सरकारमा जनताको पंहुच , समस्या र गुनासो सुनुवाई गर्नुको साटा यीनीहरु यो कार्यको वेवास्ता गर्दै आएका छन ।
स्थानीयहरुका अनुसार पालिकामा छिर्नका लागि गाह्रो त छैन,बरु समस्याको कुरै नगरौं । अझ काम लिएर आएकालाई धेरै नै सकस हुने गरेको बताउँदै आएका छन ।
अझ, कार्यालय कति बेला आउने हो पटकपटक फोन गर्दा पनि प्रशासकिय अधिकृत सहितका कर्मचारीले फोन उठाउदैनन् ।
तर, यसले आमनागरिकलाई कति सकस भएको छ उनीहरुले बुझेका छन् । आफ्नो समस्या कसैले त सुन्दिएला भनेर आएकाहरु अन्ततः निरास भएर फर्किन बाध्य हुन्छन् ।
पालिकाका कर्मचारीहरु कार्यालय आउछन् दिनभरि सामाजिक सञ्जालमा झुण्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसंग कुराकानी गरेर बस्यो ।
राजनितिको गफगाफ गर्ने, भाषण ठोकेर बस्ने उनीहरुको दैनिकी यही नै हो । एकाध कर्मचारी मात्र आफ्नो कुर्सीमा भेटिएलान् । हाजिर गप्यो घरतिर दौडियो ।
सरकारी कर्मचारीको काम भने दिन कटानी र माना पचानी मात्र हो । फोन गप्यो भने उनीहरुको फोन पनि उठ्दैन् ।
तोकिएको समयमा नआउने र आएपनि आफ्नो कुर्सीमा नबस्ने जस्ता गुणवान कर्मचारी पालिकाले पाएको छ । कुर्सीचाहि भित्र कर्मचारीचाहि बाहिर । सधैं सर्वसाधारणलाई सास्ती दिने काम मात्र भइरहेको छ । पालिकामा मात्र नभई मुलुकका हरेक सरकारी कार्यालयमा कामचोर प्रवृत्तिका कर्मचारीहरु छन् । आज तलबभत्ता र भोलि पेन्सन यिनीहरुले जनताले तिरेकै करबाट खाने हो ।
तर, त्यही जनताको काम गर्न यी कामचोर कर्मचारी किन हिचकिचाउछन् ? आफ्नो काम लिएर कार्यालय पुगेका सर्वसाधारणहरुले सरकारी कर्मचारीका कारणले दुःख मात्र पाउछन् ।


को को उठाँउदैनन फोन ?


पर्साको १४ वटा पालिका मध्ये अधिकांश प्रशासकिय अधिकृतहरु कार्यालय समयमा फोन बन्द राख्ने गरेका छन । कालिकामाई गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गीरी यो काममा अग्र स्थानमा छन । उनकै देखासिकी गरेर यो रोग सबै प्रमुख प्रशासकिय अधिकृतहरुमा फैलिएको छ ।
संखुवा प्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहको पनि यहि हाल छ । यस्तै पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव पनि गीरी भन्दा कमजोर छैनन् । उनी गीरी कै निकट मानिन्छन । बिन्दबासिनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साह पनि यहि पथमा छन ।
यीनीहरु उदाहरण पात्र मात्र हुन । यो कार्यालयमा फोन बन्द राख्ने रोग जिल्लाका १० वटा पालिकामा पुगेको छ ।
लोकतन्त्र आएपनि यी सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन नआएको स्थानीयबासी गुनासो गर्दै आएका छन । लोकतन्त्रपछि गाँउको सिंहदरबार छिर्न सहज हुन्छ र कामचोर कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आउछ भनेर हरेक नेपालीको आशा थियो ।
जुन अहिले आएर निराशामा बद्लियो । देशको व्यवस्था फेरियो तर गाँउको सिंहदरबारमा कर्मचारीको रुखो व्यवहार फेरिएन् । जनताहरुको आँटले राजनिति परिवर्तन भयो तर कर्मचारीको भ्रष्ट्राचार गर्ने आनीबानीमा केही फरक परेन् ।
अहिले घुसबिना केही काम नै हुदैन् । घुस दियो भने छिनमै काम हुन्छ । दिन सकेन् भने महिनौ पनि बित्छ । पालिका प्रमुख , कर्मचारी र अधिकृतको आफन्तलाई महिनावारी छिर्न पाउछन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: