Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीस्थानीय सरकार : कर्मचारी भेट्न यत्रो सास्ती किन ? अधिकृत किन फोन...

स्थानीय सरकार : कर्मचारी भेट्न यत्रो सास्ती किन ? अधिकृत किन फोन उठाउदैनन् ?



२०७४ सालमा स्थानीयतह गठन भएदेखि जनताले त्यसको फाईदा र वेफाईदा प्रत्यक्ष रुपमा लिईरहेका छन । यस्तै स्थानीय सरकारका प्रतिनिधिहरुलाई सहज रुपमा भेट्न सकिरहेका छन । आम नागरिक आफ्नो व्यक्तिगत काम लिएर जनप्रतिनिधि र सरकारी कर्मचारी भेट्नका लागि पालिका मै आँउछन् । सर्वसाधारणहरु सबै समस्या बोकेर वा बजेट माग्न पालिकासम्म धाउछन् ।
पालिका स्तरमा प्रमुख , उपप्रमुख र प्रशासकिय अधिकृतहरु बस्ने एक मात्र ठाँउ पालिका कार्यालय हो । यहाँ दैनिक निकै भीडभाड हुन्छ । राजनितिक दलहरुले हामी गाँउगाँउमा बिकाश पुप्याउछौ भनेपनि सो आश्वासन मै सिमित हुन्छ । अहिले पनि पालिकामा छिर्नेको संख्यामा कुनै कमी आउन सकेको छैन् । जनमास एकदमै धेरै हुन्छन् ।
तर, पालिकामा छिर्नका लागि गाह्रो त छैन , बरु समस्याको कुरै नगरौं । अझ गाँउगाँउबाट आएकालाई धेरै नै सकस छ । कुन शाखा हो ? कहाँ छ ? अधिकृत को हो ? कति बेला आउँछ ? त्यस बारमा बुझेर जानुको बिकल्प हुदैन । अझ, कार्यालय कति बेला आउने हो पटकपटक फोन गर्दा पनि प्रशासकिय अधिकृत सहितका कर्मचारीले फोन उठाउदैनन् ।
तर, यसले आमनागरिकलाई कति सकस भएको छ उनीहरुले बुझेका छन् । आफ्नो समस्या कसैले त सुन्दिएला भनेर आएकाहरु अन्ततः निरास भएर फर्किन बाध्य हुन्छन् ।
यता, पालिकामा कर्मचारीहरुले राम्रोसंग नागरिकहरुको कुरा पनि सुन्दैनन् । बोल्दाबोल्दै फोन काटिदिने, झर्किने, रिसाउने गर्दछन् । राम्रोसंग बोलीवचन गर्दैमा तिनीहरुको के जान्छ ? भन्दाभन्दै फोन काट्नु नैतिकता हो ? आफ्नो वा पुरै स्थानीयको समस्या बोकेर आएसंग झर्किनु मानवता हो ? पालिकाको कर्मचारीको काम जनताको गुनासो सुन्नु र उनीहरुलाई सेवासुविधा प्रदान गर्नु हो । त्यतिपनि गर्न नसक्ने कर्मचारीहरुले किन जागिर खाने ? बरु, छोडिदिने । त्यहाँभित्र भएका कर्मचारी सबैले जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा पाएका छन् ।
तर, त्यही जनतालाई हेप्न खोज्नु यिनीहरुलाई नैतिकताले दिन्छ ? पालिकाका कर्मचारीहरु कार्यालय आउछन् दिनभरि सामाजिक सञ्जालमा झुण्डिछन् । जनताले तिरेको करबाट टेलिफोन जडान गरेको छ । दिनभरि आफन्तसंग कुराकानी गरेर बस्यो । राजनितिको गफगाफ गर्ने, भाषण ठोकेर बस्ने उनीहरुको दैनिकी यही नै हो । एकाध कर्मचारी मात्र आफ्नो कुर्सीमा भेटिएलान् । हाजिर गप्यो घरतिर दौडियो । सरकारी कर्मचारीको काम भने दिन कटानी र माना पचानी मात्र हो । फोन गप्यो भने उनीहरुको फोन पनि उठ्दैन् ।
तोकिएको समयमा नआउने र आएपनि आफ्नो कुर्सीमा नबस्ने जस्ता गुणवान कर्मचारी पालिकाले पाएको छ । कुर्सीचाहि भित्र कर्मचारीचाहि बाहिर । सधैं सर्वसाधारणलाई सास्ती दिने काम मात्र भइरहेको छ । पालिकामा मात्र नभई मुलुकका हरेक सरकारी कार्यालयमा कामचोर प्रवृत्तिका कर्मचारीहरु छन् । आज तलबभत्ता र भोलि पेन्सन यिनीहरुले जनताले तिरेकै करबाट खाने हो । तर, त्यही जनताको काम गर्न यी कामचोर कर्मचारी किन हिचकिचाउछन् ? आफ्नो काम लिएर कार्यालय पुगेका सर्वसाधारणहरुले सरकारी कर्मचारीका कारणले दुःख मात्र पाउछन् ।
२०६२–६३ सालमा राजतन्त्रको विरोध गर्दै नेपालीहरु सडकमा उत्रिए । नेपालीले गरेको आन्दोलनले राजतन्त्र हट्यो, लोकतन्त्र आयो । लोकतन्त्र आएपनि यी सरकारी कर्मचारीको व्यवहारमा कुनै परिवर्तन आएन् । लोकतन्त्रपछि गाँउको सिंहदरबार छिर्न सहज हुन्छ र कामचोर कर्मचारीको काम गर्ने शैलीमा परिवर्तन आउछ भनेर हरेक नेपालीको आशा थियो । जुन अहिले आएर निराशामा बद्लियो । देशको व्यवस्था फेरियो तर गाँउको सिंहदरबार छिर्नका लागि बस्नुपर्ने लाइन र कर्मचारीको रुखो व्यवहार फेरिएन् । जनताहरुको आँटले राजनिति परिवर्तन भयो तर कर्मचारीको भ्रष्ट्राचार गर्ने आनीबानीमा केही फरक परेन् ।
अहिले घुसबिना केही काम नै हुदैन् । घुस दियो भने छिनमै काम हुन्छ । दिन सकेन् भने महिनौ पनि बित्छ । पालिका प्रमुख , कर्मचारी र अधिकृतको आफन्तलाई महिनावारी पास बनाइदिएको पाइन्छ । उनीहरु महिनाभर पालिकामा छिर्न पाउछन् । तर, सर्वसाधारणको हकमा त्यस्तो छैन् । पाँच मिनेट पालिका छिर्न पनि युद्ध लडेझै अनुभव सर्वसाधारणलाई हुन्छ । जनता सडकमा नउत्रिएको भए आज राजतन्त्र कायमै हुन्थ्यो होला । नेपालीहरु शहिद नभइदिएको राजनितिक परिवर्तन हुदैनथ्यो । जनताकै बलमा आज यिनीहरु सत्तामा पुगे । जनताले मत दिए पालिकाका नेतृत्वकर्ता बनाए ।
आफु भोको पेट बसेर यिनीहरुको पेट पालेका छन् । जनताले कर नतिर्ने हो भने पालिका जनप्रतिनिधि भन्नेहरुले खान पनि पाउदैनन् । हरेक मुलुकमा सबैभन्दा माथि जनता हुन्छन् । जनताले चाहेभने पुरै मुलुक नै उथुलपुथुल बनाइदिन सक्छन् । हिजो राजतन्त्र हटाउनेदेखि लिएर शहिद बनिदिने हामी । यिनीहरुलाई राजनिति क्षेत्रमा ल्याउने पनि हामी । तर, आज यिनीहरुलाई भेट्नकै लागि यत्रो सास्ती । गाँउगाँउमा सिंहदरबार पुग्छ भन्नेहरु कता हराए ? एउटै भएको सिंहदरबारमा त जनताले सुविधा पाउन सकेका छैनन् । सिंहदरबार सबै जनताको हो ।

जोकोही नेपाली पनि सबै स्थानमा छिर्न पाउनुपर्छ । अरुलाई बाहिर घण्टौं उभाएर यसरी हैरानी दिन पाइदैन् । पालिकामा हरेक कर्मचारीहरुले आफुलाई सबैभन्दा ठुलो ठान्छन् । घमण्डको त कुरै नगरौं । गाँउको वा हरेक स्थानको गेट हरेक नेपालीको लागि जतिबेला पनि खुला गर्नुपर्छ । जनतामाथि शोषण गर्ने र शासन चलाउने काम नगरौं । अब फेरिपनि जनता सडकमा उत्रिए भने सिंहदरबारको जरा उखालेर फ्याक्दिन्छन् । सबैलाई आफ्नो समस्या र गुनासो राख्ने हकअधिकार छ
अब पनि राजनितिक दल र कर्मचारी नसुध्रिने हो भने राजनितिक दल र सरकारी कर्मचारी पुरै परिवर्तन हुन बेर लाग्दैन् । जनताभन्दा ठुलो कोही छैन् भनेर कसैले पनि बिर्सिने काम नगरौं । किन कि जबजब जनतामाथि शासन चलाउन र अत्याचार गर्न खोजिन्छ तबतब ठूलो क्षति हुन्छ ।
स्थानीय सरकारले गरेको कामः तलबभत्ता खाने, सरकारी गाडी चढ्ने र भ्रष्ट्राचार गर्ने । जनताको काम गर्न भने चासो देखाइएन् ।सरकारले छिटोछरितो काम गरिदिएको भए गाँउको सिंहदरबार आउनेको चाप स्वाटै घट्थ्यो ।
नेतृत्व गतिलो नहुँदा मुलुकको हालत कस्तो हुन्छ भनेर श्रीलंकाबाट सिकौं । जसरी माटो मुछेपछि जस्तो पनि भाडा बनाउने सकिन्छ । त्यसैगरी, नेताले चाह्यो भने मुलुक समृद्ध बनाउन सक्छ । देश सपार्ने कि बिगार्ने नेता र सरकारी कर्मचारीको हातमा हुन्छ । काम गर्न नसकेका कारण केही हुन्छ कि भन्ने त्रासले नेताहरु सुरक्षाको घेराभित्र हिड्छन् । सरकारी कर्मचारी भ्रष्ट्राचार मात्र गर्छन् । व्यापारीहरु हप्तैपिच्छे सामानको मुल्य बढाउछन् । अन्ततः मर्ने हामी नेपाली जनता ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: