Wednesday, February 28, 2024
spot_img
Homeफिचरजीतपुरसिमराका कार्यपालिका सदस्यले लिए सपथ

जीतपुरसिमराका कार्यपालिका सदस्यले लिए सपथ


वीरगञ्ज,३० जेठ /
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले सोमबार सपथ लिएका छन् । निर्वाचित भएको दुई सातापछि कार्यपालिका सदस्यले सपथ लिएका हुन् ।

नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकाको सभाहलमा कार्यपालिका सदस्यलाई सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, निर्वाचित वडाध्यक्ष, प्रशासन प्रमुख बालाराम खड्कालगायत सहभागी थिए ।

उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठ जना उम्मेदवार निर्वाचित भएका थिए । निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी रहेका छन् । यसैगरी दलित तथा अल्पसंख्यकतर्फ अर्जुन विक, प्रहलाद साह सोनार र प्रभावती देवी पासवान रहेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: