Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीविद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि धर्ना

विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि धर्ना


वीरगञ्ज,३० जेठ /
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि वीरगञ्जवासीले धर्ना दिएका छन् । वीरगञ्जमा पछिल्लो समय बढ्दै गरेको गर्मीले आजित बनेका नगरवासी विद्युत प्राधिकरणले अघोषित तरिकाले छिनछिनमा लाइन काट्ने गरेपछि आक्रोशित भएर केन्द्र अगाडि धर्ना दिएका हुन् ।
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले कुनै सूचना र जानकारी बिना नै विद्युत आपुर्ति बन्द गर्ने, नियमित भोल्टेज नदिने गर्दै आएको छ । विद्युत प्राधिकरणले दैनिक ३ देखि ४ घण्टासम्म अघोषित रुपमा लाइन काट्दै आएको धर्नामा सहभागीहरुले बताएका छन ।प्रदर्शनमा सहभागीहरुले उठाएको माग जायज भएको बताउँदै विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख ईन्जिनियर जितेन्द्र झाले नियमित रुपमा लाईन सुचारु गर्ने बताएका छन् । केही समस्या भएको हुँदा प्राविधिक समस्याको समाधान गर्ने काम भइरहेको ई. झाले बताए ।

धर्ना कार्यक्रममा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, नेता राजेश साह, राजनरायण मिश्रा, सामाजिक अभियन्ता बृजेश्वर चौधरी, लालबाबु सिह, युवा नेताहरु कृष्ण गुप्ता, सन्जय पटेल, कृष्ण गुप्ता, सागर सरार्फ, महिला अभियन्ता उषा अधिकारी, अन्जना गुप्ता, रेखा सरार्फ, रानी शर्मा लगायतको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: