Saturday, February 24, 2024
spot_img
Homeफिचरजिसस पर्साको चुनाव आज हुँदै

जिसस पर्साको चुनाव आज हुँदै


वीरगन्ज,२७ जेठ /

जिल्ला समन्वय समिति पर्साको आज चुनाव हुँदैछ । पर्सामा एमाले– जनता समाजवादी पार्टी गठबन्धनबाट प्रमुखमा निरन्जन सोनार उपप्रमुखमा पुरण कुर्मीले आधिकारिक रुपमा उम्मेदवारी दिएका छन् ।

जसपाले गठबन्धन तोडेर एमालेसंग सहमति गरेपछि नेपाली काँग्रेसले सभापति सरोज चौरसीया, उपसभापति कुमारी सोनी पासवानलाई उम्मेदवार बनाएको छ । बाँकी सदस्य पदमा कांग्रेस र एउटा लोसपालाई दिएर गठबन्धन गरेको छ ।

एमाले र जसपा एकआपसमा समझदारी गरेर नै उम्मेदवारी दिएका छन् । जिससको निर्वाचनमा जिल्लाका १४ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि कुल २८ जना मतदाता रहेका छन् । ती मध्ये काँग्रेसको १२ , एमालेका १० , जसपाका ५ र लोसपाका १ जना मतदाता रहेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: