Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीपोखरिया नगरपालिकामा शैक्षिक गुणस्तरीयता प्रदान गरिने –नगरप्रमुख चौहान

पोखरिया नगरपालिकामा शैक्षिक गुणस्तरीयता प्रदान गरिने –नगरप्रमुख चौहान

वीरगन्ज,२६ जेठ /
पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौहानले भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरीयता प्रदान गरिने बताएका छन् ।

पोखरिया नपाको आर्थिक सहयोग, आसमान नेपालको सहकार्य र कृषि डेभलपमेन्ट स्किल प्रालिको आयोजनामा पोखरियामा आजदेखि सञ्चालित तीन दिने बालिका तथा समावेशी शिक्षा सञ्जालका प्राविधिकहरूलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख चौहानले समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालयमा टिकाइराख्ने उपाय अँगाल्ने र पालिकाको शैक्षिक गुणस्तर सुधार गर्ने कार्यमा नपाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

नगरप्रमुख चौहानले आफ्नो पालिकामा भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तरको लागि संवेदनशील भएर काम गर्ने बताए । बालिका तथा समावेशी शिक्ष सञ्जालका अध्यक्ष उपप्रमुख रूबी ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ ओमप्रकाश रौनियार, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, सहायक प्रमुख नरेन्द्र साह, वडाध्यक्ष रामप्रवेश चौहान, एमालेका नगरअध्यक्ष विन्ध्याञ्चल ठाकुरलगायतको सहभागिता थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: