Sunday, February 25, 2024
spot_img
Homeफिचरगाँउपालिका अध्यक्ष पटेलले गरे बहुवरीको विद्यालय अनुगमन

गाँउपालिका अध्यक्ष पटेलले गरे बहुवरीको विद्यालय अनुगमन

वीरगन्ज,२१ जेठ /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरी स्थित रहेको सामुदायिक विद्यालय आज अनुगमन तथा निरिक्षण भएको छ ।
गाँउपालिका अध्यक्ष रामक्षत्री पटेल र वडा नम्बर ५ का अध्यक्ष रामेश्वर कलवारले संयुक्त रुपमा विद्यालयको अनुगमन गरेका हुन ।

विगत लामो समय देखि जिर्ण अवस्थामा पुगेको विद्यालयलाई स्तोतन्नोती गर्न स्थानीयहरुको माग रहेको छ ।स्थानीयहरुहरुले विगतको गाँउपालिका अध्यक्ष हरिनारायण साह , वडाअध्यक्ष र कर्मचारीहरु कै कारण विद्यालयको समस्या समाधान हुन नसकेको गुनासो गरेका छन ।

गाँउपालिका अध्यक्ष पटेल अगामी आर्थिक बर्षमा यो विद्यालयको समस्या समाधानका निम्ती काम गरीने आश्वासन दिए ।

विद्यालयमा गाँउपालिका अध्यक्ष सहितका स्थानीयहरु सहभागी भएका थिए । विद्यालयको बारेमा एकजना स्थानीय गुनासो गर्दा स्थानीयहरुले हो हल्ला समेत गरेका थिए ।

विद्यालय अनुगमन पश्चात छलफलमा नेपाली कांग्रेसका गाँउपालिका अध्यक्षका प्रत्यासी लालबाबु यादव , नेकपा माओबादी केन्द्रका अध्यक्षका प्रत्यासी अजय पटेल , जनता समाजवादी पार्टीका नेता रामचन्द्र सिंह लगायत सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: