Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीनवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार

वीरगन्ज,२० जेठ /
सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा। गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश(१ र सुदूरपश्चिम प्रदेशमा २५(२६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७(२८ जेठमा मिति तय भएको छ ।

त्यस्तै, बागमती र लुम्बिनीमा ३०(३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: