Monday, February 26, 2024
spot_img
Homeजीवनशैलीरामजी रामले बुबालाई लेखे– बुबा, अन्तत : म एमबीबीएस पास भएँ

रामजी रामले बुबालाई लेखे– बुबा, अन्तत : म एमबीबीएस पास भएँ

वीरगन्ज,२० जेठ /

रौतहटको गढीमाई नगरपालिका– ९ का रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन् । वीरगञ्जको नेसनल मेडिकल कलेजबाट उनले एमबीबीएस उत्तीर्ण गरेका हुन् ।

एमबीबीएस उत्तीर्ण भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘बुबा, अन्ततः म एमबीबीएस पास भएँ । आजसम्मको परीक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण गुरुहरू, परिवार, इष्टमित्र एवं कलेज र अप्ठ्यारो परिस्थितिमा साथ दिनुहुने महानुभावहरूप्रति हार्दिक हार्दिक–आभार प्रकट गर्दछु ।’

एमबीबीएस उत्तीर्ण भए पनि अझै परीक्षा नसकिएको उनले बताएका छन् । ‘परीक्षाहरू सकिएको छैन । तर, म विश्वस्त छु । किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणले हरहमेशा लिइरहेको हुन्छ । जहिलेसम्म जीवन छ, तबसम्म परीक्षाहरू कहिल्यै सकिन्नन् । जीवनका बाँकी परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु,’ उनले भनेका छन् ।

हन्डर र ठक्कर खाँदै उनले एमबीबीएस सकाएका हुन् । नेसनल मेडिकल कलेजले एमबीबीएस अन्तिम वर्षमा शुल्क नतिरेको भन्दै परीक्षामा सामेल नगराउने धम्कीसमेत दिएको थियो । त्यसबेला उनी शुल्कको जोहो गर्न नसकेपछि उनी सहयोग खोज्दै९माग्दै काठमाडौं आइपुगेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: