Wednesday, February 28, 2024
spot_img
Homeफिचरन्यूनतम पारिश्रमिक निर्धारण समितिको पत्रकारहरु संगको छलफल सम्पन्न

न्यूनतम पारिश्रमिक निर्धारण समितिको पत्रकारहरु संगको छलफल सम्पन्न


वीरगन्ज,१३ जेठ /

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक बारेमा समितिले छलफल गरेको हो । हाृटेल कुमु प्यालेस आयोजित छलफलमा सहभागी पत्रकाहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनमा केन्द्रित हुने सुझाव दिएका थिए । पत्रकारहरुको समस्या जिल्ला जिल्लामा पुगेर सुन्न र बुझ्न आउने न्यूनतम पारिश्रमिक निर्धारण समितिले पारिश्रमिक समयमा उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यद्वय विमला पाण्डे, गोपाल तिवारी , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , मधेश प्रदेश महासचिव श्याम बन्जारा सहितका २० जना पत्रकाहरु सहभागी थिए । छलफलको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: