Friday, March 1, 2024
spot_img
Homeफिचरवीरगञ्जका मेयर राजेशमान आज सपथ लिँदै

वीरगञ्जका मेयर राजेशमान आज सपथ लिँदै


वीरगन्ज,१२ जेठ /

वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित राजेशमान सिंहले बिहीबार पद तथा गोपनियताको सपथ लिँदै छन् ।

गएको वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सिंहले बिहीबार बेलुका वीरगञ्जस्थित पुरानो बसपार्कको खुला मैदानमा सपथ लिन लागेका हुन् । उनलाई पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउने छन् ।

नवनिर्वाचित नगरप्रमुख सिंहले बन्द कोठामा नभई नगरवासीकाबीच सपथ लिने इच्छा जाहेर गरेपछि नगरबीचमा रहेको पुरानो बसपार्कको खुला स्थानमा सपथ कार्यक्रम राखिएको बताइएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: