Saturday, February 24, 2024
spot_img
Homeफिचरपरवानिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

परवानिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित


वीरगन्ज,१२ जेठ /

बाराको परवानिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन । परवानीपुर बजारमा रहेको भगत माविमा भएको निर्वाचनमा नेकपा एमालेबाट तिन जना र नेपाली कांग्रेसबाट तिन जना गरी ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन ।
कार्यपालिका सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसको तर्फबाट कोहरी देवी भरिन ,चिन्ता देवी पासवान , महन्थ राम हरजन रहेका छन ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी तर्फबाट इन्द्र्कलिया देवी चमैन ,लक्ष्मीना देवी नुनिया , जगदीश राम रहेका छन ।
गाँउपालिकाको कार्यपालिकामा बहुमत पुर्याउन एमाले र कांग्रेस बिच तालमेल भएको थियो । कार्यपालिका सदस्य पदको लागी गाँउपालिकाका अध्यक्ष , उपाध्यक्ष र पाँच वडाका अध्यक्ष र सदस्य सहित २७ जनाले मतदान गरेका थिए । कार्यपालिका सदस्य पदका लागी १४ जनाको उम्मेदवारी परेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: