Friday, March 1, 2024
spot_img
Homeफिचरवीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगन्ज,१० जेठ /

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी जसपाका राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरी पराजित भए ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार कांग्रेसका इम्तियाज आलम २५ हजार १५८ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरे ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: