Saturday, February 24, 2024
spot_img
Homeफिचरप्रसौनी गाँउपालिका : विनोद पटेलले गरे पदभार ग्रहण

प्रसौनी गाँउपालिका : विनोद पटेलले गरे पदभार ग्रहण

वीरगन्ज,९ जेठ /
बाराको प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोद पटेलले आज पदभार ग्रहण गरेका छन । स्थानीयतह निर्वाचन २०७९ मा निर्वाचित उनले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन ।
२०७४ को निर्वाचनमा तत्कालिन राजपाका भोला गुप्ता सँग पराजित भएका पटेल यसपटक लोसपा बाट लडेका भोला गुप्ता लाई भारी मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
उनी संगै गाँउपालिकामा निर्वाचित उपाध्यक्ष , पाचै वडाका अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन ।
प्रसौनी गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री ज्वाला साह , अच्युत मैनाली , बलबिर चौधरी प्रदेश कमिटि सदस्यहरु रामपाल यादव , जयप्रकाश यादव , अमर यादव , उमेश कुशवाहा, जिल्ला कमिटि सचिव अध्यानन्द पाण्डे ,युवा नेता शंकर यादव लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: