Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : रामक्षत्री पटेलले गरे पदभार ग्रहण

परवानीपुर गाँउपालिका : रामक्षत्री पटेलले गरे पदभार ग्रहण

वीरगन्ज,९ जेठ /
बाराको परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री पटेलले आज पदभार ग्रहण गरेका छन । स्थानीयतह निर्वाचन २०७९ मा निर्वाचित उनले एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन ।
२०७४ को निर्वाचनमा तत्कालिन राजपाका हरिनारायण साह सँग पराजित भएका पटेल यसपटक लोसपाका जगतनारायण महतोलाई करिब ५ सयको मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।
उनी संगै गाँउपालिकामा निर्वाचित उपाध्यक्ष , पाचै वडाका अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन ।
परवानीपुर गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री ज्वाला साह , अच्युत मैनाली , प्रदेश कमिटि सदस्यहरु रामपाल यादव , जयप्रकाश यादव , सोचन यादव , अमर यादव , मोबिन आलम , उमेश गुप्ता , जिल्ला कमिटि सचिव अध्यानन्द पाण्डे ,युवा नेता शिवजी गुप्ता , गजेन्द्र पटेल , निवर्तमान गाँउपालिका अध्यक्ष हरिनारायण साह , नेपाली कांग्रेसका गाँउपालिका अध्यक्षका प्रत्यासी लालबाबु यादव , माओबादी केन्द्र गाँउपालिकाका अध्यक्ष प्रत्यासी अजय पटेल, जसपाका अध्यक्ष पदका प्रत्यासी सन्जु साह , लोसपाका जगतनारायण महतो ,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनीयार लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: