Saturday, February 24, 2024
spot_img
Homeफिचरबारामा निर्वाचित पालिका प्रमुखले लिए सपथ

बारामा निर्वाचित पालिका प्रमुखले लिए सपथ

वीरगन्ज, ०८ जेठ /
बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतवार सपथ लिएका छन् । जिल्ला न्यायधिस एवम् मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

कलैयास्थित जिल्ला अदालतमा आयोजित कार्यक्रममा मतगणना सम्पन्न भएको जिल्लाको १५ वटा स्थानीय तहमध्ये १० पालिकाका प्रमुख उपस्थित थिए । उपस्थित प्रमुख तथा अध्यक्षलाई सपथ गराउदै रेग्मीले जनताको सेवामा समर्पित हुन सुझाव दिए ।

कार्यक्रममा गृह मन्त्रालयबाट खटिएको केन्द्रीय टोलिका प्रतिनिधिसहित बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, जिल्ला निर्वाचन अधिकारी सरोज चौधरी, सुरक्षा निकायका प्रमुख, विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृतलगायतको उपस्थिती रहको थियो ।

जिल्लाको १६ स्थानीय तहमध्ये हालसम्म १५ स्थानीय तहको अन्तिम मतपरिणाम आईसकेको छ भने पचरौता नगरपालिकामा मतगणना जारी छ । बैशाख ३० गते पचरौताको २ र ४ नम्बर वडाको निर्वाचन विवादको कारण स्थगित भएपछि ढिलाइ भएको हो । जेठ ४ गते उक्त दुई वडामा पुनः निर्वाचन गरिएपछि सुरु भएको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: