Saturday, February 24, 2024
spot_img
Homeफिचरमैले बुझेको राजनीति

मैले बुझेको राजनीति

कुनै पनि राज्य संचालन गर्न नीति, नियम, कानून शासन नै चाहिन्छ । सैद्धान्तिक हिसाबले हेर्दा जनतालाई लोकतान्त्रिक पद्धतिमा बोल्न पाउनु, बाच्न पाउनु, शिक्षा लिन पाउनु, धर्म संस्कृति र जीवन पद्धति अविलम्वन गर्न पाउनु नै एउटा विधिको शासन भएको देशमा राजनीतिको अर्थ रहन्छ। २००७ साल देखि अहिले सम्मको शासन प्रणाली, राजनैतिक अभ्यास हामी बिच जग जाहेर नै छ ।नातावाद, कृपाबाद , स्वर्थ, गूट उप गुटको कारण नैतिक राजनीति हराएको देखिन्छ । राणाकाल राजसन्स्थामा जनमानसको विस्वास हराएको कारण देशबाट शासन ब्यवस्था परिवर्तन गरियो। अहिले हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्था छ।

म राजनीतिलाई समाजसेवाको रुपमा हेर्न रुचाउछु, बुझ्न चाहन्छु र आजको दिनसम्म सोही अनुसरण गर्दैछु। हामी समानता, समतामुलक र विभेद रहित समाजको वकालत गर्दछौं । वकालत गरेर मात्र होईन निर्णयाक भुमिका खेली समाज भित्र बिभेद , दासमान्सिक्ता को सोचलाई अन्त गनु पर्छ। बिहान चियाको पसलमा बसेर ठुलो ठुलो कुरा गर्ने राजनीति होईन आफू बसेको ठाउँबाट नै समाजलाई अगाडि बढाउने पहल गर्नु पर्छ।जसको पहुँच छैन, बोल्न सक्दैनन, विभेदमा छन, अन्यायमा छन, उनिहरुको आवाज बन्नु, उनिहरुको लागि उभिनु र न्याय दिलाउनु मैले बुझेको राजनीती यहि हो।अन्यायमा परेकाहरुलाइ कानुनी न्यायको वकालत गर्नु,आफ्नो क्षेत्र, गाउँ, सहर, ठाउँमा स्थानिय सरकारको योजना, विकास र यसको अनुगमन गर्नु नै समाजसेवाको राजनीती हो।

झण्डा बोक्दैमा र नारा जुलुस गर्दैमा मात्र नेता बन्ने होइन। नेता एक आचरण हो र राजनीती एक नियत हो। कसैले सेवाको नियत लिन्छन त कसैले स्वराज्य हाक्ने न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र कर्मचारितन्त्र सबैमा रहेको व्यक्तित्वहरुले यदि राजनीतिलाइ समाजसेवामा बुझ्न सके, कुनै पार्टी, व्यक्ती वा शक्तिको अघि नझुकी निश्पक्ष र न्यायपूर्ण कर्म र निर्णय गरे समाज रुपान्तरण हुन्छ।
अत: मेरो विचारमा समाजसेवा नै राष्ट्रसेवा हो र राष्ट्रसेवा नै राजनीती हो र यो सबै हामिले बुझ्न जरूरी छ।

लेखक प्रशान्त यादव अनेरास्ववियुका केन्द्रिय सदस्य तथा बिए.एल.एलवि.का विद्यार्थीका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: