Wednesday, February 28, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : निर्वाचित अध्यक्ष र उपाध्यक्ष सहित नेताहरुलाई नेकपा एमालेका ओलीको...

परवानीपुर गाँउपालिका : निर्वाचित अध्यक्ष र उपाध्यक्ष सहित नेताहरुलाई नेकपा एमालेका ओलीको बधाई

वीरगन्ज,५ जेठ /

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष सहितका नेताहरुलाई फोन गरेर बधाई दिएका छन ।

नेकपा एमालेबाट परवानीपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित रामक्षत्री पटेल र उपाध्यक्ष सुगान्धी देवी सहितका निर्वाचित जनप्रतिनिधि र नेतालाई बधाई दिएका हुन ।

नेकपा एमालेका प्रदेश कमिटि सदस्य रामपाल यादव , सोचन यादव , उमेश गुप्ता र मोबिन आलम सहितका नेताहरुलाई गाँउपालिका निर्वाचित गराउनेमा भुमिका खेलेकोमा अध्यक्ष ओलीले बधाई दिएका छन।

नेता रामपाल यादवका अनुसार परवानीपुर गाँउपालिका एमालेमय बनाएकोमा बधाई भन्दै अगामी दिनमा यो पालिका कब्जा गर्नेगरी काम गर्न सुझाव दिएका थिए ।

गाँउपालिका अध्यक्षमा एमालेका रामक्षेत्री पटेल दुई हजार नौ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतो दुई हजार चार सय ७४ मत ल्याएका छन । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी तीन हजार दुई सय ३२ मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्रीदेवीले दुई हजार तीन सय ८७ मत ल्याएकी छन ।पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ ।वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी र वडा नम्बर ३ मा इब्राहिम मिया निर्वाचित भएका छन ।

नुरुलहोदा पाँच सय ८५ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह चार सय ८५ मत ल्याएका छन । यस्तै इब्राहिम ८ सय ८४ मत ल्याएर निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल रामले ८ सय २१ मत ल्याएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: