Friday, March 1, 2024
spot_img
Homeफिचरठोरी गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी , बस्नेतको बधाई ज्ञापन

ठोरी गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी , बस्नेतको बधाई ज्ञापन

वीरगन्ज — पर्साको ठोरी गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा गोकुलीकुमारी रेग्मी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुशील साह कानुले जानकारी दिए ।

४ हजार ४९ मत ल्याएका श्रेष्ठले माओवादी केन्द्रका पदम लाल श्रेष्ठ पिएललाई ७ सय १६ मतले पराजित गरेका छन् ।

निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका माओवादीका पिएलले ३ हजार ३२९ मत प्राप्त गरेका छन् । ४ हजार २५९ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी एमालेकी गोकुली कुमारी रेग्मीले माओवादी केन्द्रकी उम्मेदवार निरु तामाङलाई एक हजार २१६ मतले पराजित गरेकी हुन् ।

तामाङले तीन हजार ४३ मत ल्याएकी छन् । निर्वाचन अधिकृत साहका अनुसार ५ वटा वडा रहेको ठोरी गाउँपालिकामा एमालेले तीनवटा र कांग्रेस माओवादीले एउटा एउटा वडामा विजयी हासिल गरेका छन् ।्
यस्तै नवनिर्वाचित गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितका जनप्रतिनिधिलाई नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत बधाई ज्ञापन गरेका छन । ठोरी गाँउपालिका ३ निवासी बस्नेतले नवनिर्वाचित गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितका जनप्रतिनिधिले नै अब ठोरीको बिकाश गर्न सक्ने बताए ।
नेकपा एमाले गाँउपालिका कमिटि सदस्य बस्नेतले लामो समय पछि एमाले गाँउपालिकाको बिकाश गर्न अवसर पाएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: