Friday, March 1, 2024
spot_img
Homeफिचरपर्सामा ७० प्रतिशत मत खस्यो

पर्सामा ७० प्रतिशत मत खस्यो

वीरगन्ज, ३० बैशाख /

मधेस प्रदेशका एक मात्र महानगरमा वीरगन्जमा उत्साहजनक मतदान भएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
वीरगन्जमा २०७४ को स्थानीय तह निर्वाचनमा भने ६५ प्रतिशत मात्रै मतदान भएको थियो ।
शुक्रबार महानगरका ३२ वटै वडामा छिटफुट सामान्य विवाद बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उनले बताए ।
उनले भने ,‘ मतदाताले पनि उत्साहका साथ सहभागीता जनाए , साँझ सम्म प्राप्त विवरण अनुसार ७५ प्रतिशत भन्दा बढि नै मत खसेको अनुमान छ , यकिन विवरण संकलनको काम भइरहेको छ ।
वीरगन्ज महानगरपालिकामा कुल १ लाख २४ हजार ६ सय ४७ जना मतदाता थिए । स्थानीय तह निर्वाचनका लागि वीरगन्ज महानगरपालिकामा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र बनाइएको थियो ।
वीरगन्ज महानगरपािलका वडा नम्बर २८ स्थित बगहीको मतदानस्थलमा भने शुक्रबार दिउसो विवाद हुदा केही बेर तनाव भएको थियो ।
मतदान सुरु भएको ३ घण्टापछि लाइनको विषयमा विवाद भएको थियो ।बगही स्थित महानन्दप्रसाद उपाध्याय उच्च माविमा रहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताले लाइनको विषयमा विवाद सुरु गरेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो । प्रहरीले दुई पक्षलाई सम्झाइ बुझाइ गरेपछि भने अवस्था साम्य भइ मतदान सुचारु भएको थियो । अन्य मतदानस्थलमा भने कुनै पनि विवाद नभएको पौडेलले बताए ।

वीरगन्ज महानगरको मतगणना भने शनिबार देखि मात्रै शुरु हुने उनले बताए । निर्वाचन आयोगले मतगणना शुक्रबार राति देखि नै सुरु हुने बताए पनि वीरगञ्ज महानगरमा भने शनिबार देखि मात्रै मतगणना हुने भएको हो ।
महानगरको मतगणना शुक्रबार राति देखि सुरु गर्न सक्ने स्थिति नै नरहेको पौडेलले बताए । ३२ वटै वडाहरुका १ सय ४३ वटा मतदान केन्द्रबाट मतपेटिका , वीरगन्ज १४ पिपरा स्थित मतगणना स्थलमा ल्याइ पुरयाउन शुक्रबार राति १२÷१ बजे सम्म लाग्ने भएको उनले बताए ।
त्यसपछि उम्मेदवार र तीनका प्रतिनिधी सहितको सर्वदलीय सर्वपक्षीय बैठक राखेर मतगणना सहजीकरणका लागि निर्णय गर्नु पर्ने भएकाले मतगणना शनिबार देखि शुरु गरिने उनले बताए ।
पौडेलले भने ,‘ शुक्रबार राति देखि मतगणना शुरु गर्न सक्ने स्थिती नै छैन , शनिबार बिहान देखि गर्ने तयारीमा छौ ।
महानगरको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको भवनलाइ मतगणनास्थल तोकेको छ । मतगणना गरिने कोठाहरुमा ८ फिट अग्लो तार जाली सहितको बार लगाइएको छ । यस्तै निर्वाचन आयोगको निर्देशन अनुसार , मतगणना हुने र मतपेटिका भण्डार गर्ने सबै कोठाहरुमा गरि कुल ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ३२ वटा वडा रहेको महानगरको मतगणनाका लागि निर्वाचन कार्यालयका तर्फबाट प्रत्येक कोठामा ६÷६ जनाको दरले कुल २४ जना गणक खटाइने जानकारी पनि उनले दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: