Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : भोज भगत माविका प्रधानाध्यापक बलिराम सरार्फ लोसपा जिताउन नेताको...

परवानीपुर गाँउपालिका : भोज भगत माविका प्रधानाध्यापक बलिराम सरार्फ लोसपा जिताउन नेताको घर चर्हादै

वीरगन्ज,२९ बैशाख /

बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको भोज भगत माविका प्रधानाध्यापक बलिराम सरार्फ एउटा पार्टी निर्वाचित गराउने काममा सक्रिय भएका छन ।

उनी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जिताउन सक्रिय भएर लागेका हुन । लोकतान्त्रिक समाजवादी पार्टीबाट परवानीपुर गाँउपालिका अध्यक्ष पदमा जगतनारायण महतो निर्वाचनमा होमिएका छन । उनलाई निर्वाचित गराउन अहिले सरार्फ नेता कै घरधुप गर्न थालेका छन ।

परवानीपुर गाँउपालिका १ बुनियाद निवासी प्रधानाध्यापक सरार्फ अहिले लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनारको घरमा उठबस गरीरहेका छन ।

बैशाख ३० मा हुने निर्वाचनका लागी अहिले सोनारको घरमा दिनदिनै पुगीरहेका छन । बिहिबार बिहान ११ बजे पनि जितेन्द्र सोानरलाई भेटका छन । उनकै घरमा पुगेर सोनारलाई भेटघाट गरेका हुन ।

सरार्फ कार्यरत विद्यालय नेता सोनारको घर भन्दा करिब १ सय मिटरको दुरीमा रहेको छ । त्यहि भएर मतदान हुने दिन चलखेल गर्न उद्येश्यका साथ निरन्तर भेटघाट गरीरहेका छन । यसपटक पनि सरार्फ कार्यरत विद्यालयमा लिपनीमालको मतदान केन्द्र तोकिएको छ । यसअघि पनि उनी लोसपाको घरदैलोमा सहभागी भएको समाचार बाहिरिएको थिए ।

स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापक सरार्फ आफ्नो पदीय मर्यादा बिर्सेर , आफ्नो फाईदाका लागी भोट माग्नु आचारसंहिता विपरित छ ।

सरकारी कर्मचारीलाई कुनैपनि राजनितिक दलको कुनैपनि गतिविधि सहभागी नपाईने भनिएपनि त्यो नियमको उनले वेवास्ता गरेका छन ।

सम्बन्धित निकाय मौन

सामुदायिक विद्यालयका शिक्षकहरुलाई सधैं लाग्दै आएको आरोप हो, उनीहरु कक्षाकोठा सुधारमा भन्दा राजनीतिक दलका गतिविधिमा बढ्ता केन्द्रित हुन्छन् । तर यो आरोप वास्तविक रुपमा पुष्टि भएको छ । अहिले स्थानीय निर्वाचनको मत माग्नमा दलहरु व्यस्त छन । सोही राजनितिक दलका लागी भोज भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम सरार्फ खुल्ला रुपमा पार्टीकोे भोट माग्न व्यस्त छन ।

शिक्षा ऐन २०२८ संशोधनसहितको दफा १६ को ( ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ ।
यस्तै कुनैपनि राजनितिक दलको फाईदा पुग्ने गरी सहभागी हुन र काम गर्न पनि रोक लगाईएको छ ।
तर यस्को वेवास्ता गरीरहेका प्रधानाध्यापक सरार्फलाई कारवाही गर्न निकाय अहिले मौन छ ।
विद्यालयको शैक्षिक गतिविधिमा असर पु¥याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै उजुरीकर्ताले शिक्षकले राजनीतिक दलको निर्वाचनमा भाग लिने विरुद्ध उजूरी गरे शिक्षक कारवाहीमा पर्न सक्छन ।


यसअघिको समाचार

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: