Wednesday, February 28, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगरपालिका : लोसपाका उम्मेदवार रौनीयारको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पताल पुगे

वीरगन्ज महानगरपालिका : लोसपाका उम्मेदवार रौनीयारको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पताल पुगे

वीरगन्ज,२९ बैशाख /
वीरगन्ज महानगरपालिका २१ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका राधकृष्णा रौनीयारको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पताल पुगेका छन ।

वीरगन्ज महानगरपालिका उपमेयरका उम्मेदवार पुरषोतमलाल झा आफ्ना वडा अध्यक्षको उम्मेदवार रौनीयारको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन । उनीसंगै लोसपाका केन्द्रिय सदस्य शशिकपुर मियाँ पनि अस्पतालमा पुगेका थिए ।

बिहिबार अपरान्ह अचानक स्वास्थ्यमा समस्या देखिएपछि रौनीयार अस्पताल भर्ना भएका छन ।

उनी केहि बेर अगाडी वीरगन्जको एक अस्पतालमा भर्ना भएका हुन । स्रोतका अनुसार भोली हुने निर्वाचनको मत परिणाम कस्तो आउने भने चिन्ता कै कारण अस्पताल भर्ना हुन पुगेका छन ।

हाल उनको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन । भोली बैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदान हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: