Saturday, February 24, 2024
spot_img
Homeफिचरबहुदरमाई नगरपालिका : एमालेको वचनबद्धता पत्र सार्वजनिक

बहुदरमाई नगरपालिका : एमालेको वचनबद्धता पत्र सार्वजनिक


वीरगन्ज,२६ बैशाख /

नेकपा एमालेले पर्साको बहुदरमाई नगरपालिकाका लागि वचनबद्धता पत्र आज सार्वजनिक गरेको छ । नगरप्रमुख पदका उम्मेदवार शिव पटेल र उपमेयर पदका उम्मेदवार सुष्मा कुशवाहा , नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता र नगरकमिटका अध्यक्ष प्रमोद कुशवाहाले संयुक्त रुपमा वचनबद्धता पत्र सार्वजनिक गरेका हुन ।
प्रेस चौतारी पर्साको आयोजनामा भएको पत्रकार सम्मेलनमा शिक्षा ,स्वास्थ्य र रोजगारीलाई मुख्य आधार बनाएर वचनबद्धता पत्रमा सार्वजनिक गरीएको छ ।
वचनबद्धता पत्रमा नगरपालिकामा सडक तथा पुर्वाधार कार्यक्रम मार्फत केहि वडामा दुई लेनको सडक निर्माण हुने उल्लेख छ ।
त्यस्तै रोजगारी र उन्नत जिवनस्तरमा तालिम आयोजना गरेर सिपलाई रोजगारीमा परिणत गरीने छ । नगरपालिकाको शिक्षा समृद्धिको आधारमा पालिका भित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पनि गुणस्तरिय शिक्षा प्रदान गरीने योजना बनाईएको छ ।
स्वास्थ्य तथा सरसफाई पहिलो प्राथमिकता राख्दै नगरका सबै स्वास्थ्य चौकी व्यवस्थित बनाईने वचनबद्धता पत्रमा उल्लेख छ ।
यस्तै युवा,खेलकुद र वातावरण ,कृषिको आधुनिकरण आयको मुख्य आधार ,भाषा धर्म,संस्कृति र कलालाई पनि प्राथमिकतामा राखिएको हो । नगरपालिकामा पर्यटन प्रवद्र्धन गरीने पनि उल्लेख भएको छ ।
वचनबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार शिव पटेलले बहुदरमाई नगरपालिकामा केहि उम्मेदवारले पैसाको चलखेलमा मतदातालाई फकाउन थालेको घटना सार्वजनिक भएपनि सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाएका छन ।
उनले बहुदरमाई नगरपालिकामा निर्वाचन आचार संहिता उल्लघनको घटना बढेकाले यसप्रति स्थानीय प्रशासन गम्भीर हुन आग्रह गरे । लोकतन्त्रमा मतदाता नै सबै थोक रहेकाले भयरहित रुपमा मतदान गराउनका लागी पहल गर्न माग गरे ।
यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताले बहुदरमाई नगरपालिकामा एमालेले नै जित्ने दावि गरे । उनले एमालेले जिल्लाको १० वटा पालिकामा जित्ने आधार बनाएर निर्वाचनमा होमिएको बताए । पत्रकार सम्मेलन प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्ष्तामा भएको थियो । सहजीकरण प्रेस चौतारी पर्सा शाखाका सचिव राजेन्द्र सिंहले गरेका थिए ।


RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: