Saturday, February 24, 2024
spot_img
Homeफिचरकारागारमा दुई महिलासहित २४६ जनाद्वारा रक्तदान

कारागारमा दुई महिलासहित २४६ जनाद्वारा रक्तदान

वीरगन्ज,२४ बैशाख /
पहल संस्था वीरगंजको आयोजनामा शनिबार वीरगंज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज कारागारको सहयोगमा भएको कार्यक्रममा दुई महिलासहित २४६ जनाले रक्तदान गरेका छन् ।

जेलर कृष्ण गैरे र आयोजक पहल संस्थाका अध्यक्ष दिलिप राज कार्कीले संयुक्त रूपमा रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा सशस्त्र प्रहरीका एसपी तेज प्रसाद पोखरेल, कृष्णा कुमार गुप्ता, सागर थापा, गोपाल सामी, दिपक चौलागाई, रमेश साह, अशोक गिरी, राज कुमार पटेल, संजय थारु, सुनिल साह तेली, राजेन्द्र थापा, संजय राणा, मुन्ना आलाम, बिकास तिवारी, दिपेन्द्र प्रसाद, सुरेश साह, सबिर मंसुर, दिनेश भुषाल, कृष्णा राम, निरज मेहता लगायतकाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, श्री जंग गण वीरगंजका प्रमुख कर्णेल जय राम थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, प्रहरी नायब उपरिक्षक प्रहलाद कार्की, समाजिक अभियन्ता प्रकाश थारु, डाक्टर महेश सिंह धामी, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: