Thursday, April 18, 2024
spot_img
Homeफिचरआफ्नै नगरवासीबाट लखेटिए निवर्तमान नगर प्रमुख नितेन्द्र साह

आफ्नै नगरवासीबाट लखेटिए निवर्तमान नगर प्रमुख नितेन्द्र साह

वीरगन्ज,२४ बैशाख /
नेपाली काँग्रेस पार्टीबाट पर्साको बहुदरमाई नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका निवर्तमान नगर प्रमुख नितेन्द्र साह आफ्नै नगरवासीबाट रामधुलाई खाएका छन् ।

फेरि पनि बहुदरमाई नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका नितेन्द्र वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार जितेन्द्र पटेलको साथमा वड़ा नम्बर(२ सिसियाडी टोलमा शुक्रवार मध्यराती १२स्३० को समयमा मतदाताहरूलाई पैसा बाँडन पुगेपछि स्थानीयहरूले भारतीय नम्बरको गाड़ी सहित नियन्त्रणमा लिएर राम धुलाई गरेको भिडियो सार्वजनिक भएको छ ।

नितेन्द्र साह नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको नितान्त व्यक्तिगत उम्मेदवार हुन । केन्द्रिय सदस्य चौरसियाकै सल्लाहमा निर्वाचन आचारसंहिता विपरीत मतदाता रिझाउन रकम लिएर घर घर पुगेका साह लखेटिएका हुन् भने स्थानीयहरुले बताएका छन ।

चुनाव जितेको साढ़े चार वर्षको कार्यकालमा नितेन्द्रले चरम अनियमितता गरेको, पदको दुरुपयोग गरेको नेपाली काँग्रेसका नेता अजय चौरसिया र आफ्नो आसेपासे मात्रलाई फाइदा हुने काम गरेको विकास निर्माणका कामहरूमा कुनै चासो नदेखाएपछि आक्रोशित र असन्तुष्ट बनेका स्थानीयहरूसँग पैसामा भोट माग्न आएपछि नितेन्द्र साह मुर्दाबाद, भ्रष्टाचारी मेयर मुर्दाबाद भन्दै लखेटिएका हुन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: