Friday, March 1, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : मतदाता फकाउन कांग्रेसका उम्मेदवार आफ्नै जग्गामा भवन बनाउन शिल्यनाश...

परवानीपुर गाँउपालिका : मतदाता फकाउन कांग्रेसका उम्मेदवार आफ्नै जग्गामा भवन बनाउन शिल्यनाश गरे

वीरगन्ज,२४ बैशाख /

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा स्थानीय निर्वाचनमा मतदाता फकाउन निजि जग्गामा भवन निर्माण गर्न शिल्यनाश गरीएको छ ।

नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका महन्थ राम आफ्नै जग्गामा भवन निर्माण गर्न आज शिल्यनाश गरेका छन ।

शिल्यनाश गरीएको जग्गामा निर्माण हुने भवन प्रयोग गर्न कांग्रेसकोे पक्षमा गर्ने आग्रह गरीएको छ ।

यो जग्गा वडाअध्यक्षका उम्मेदवार रामले दलित तथा विपन्नलाई दान गरेको आजै घोषणा गरे ।

उनले यसपटकको निर्वाचनमा गाँउपालिका अध्यक्षका उम्मेदवार लालबाबु यादव र वडाअध्यक्षमा कांग्रेसलाई निर्वाचित गराउन आग्रह गरे ।

घरदैलौको क्रममा पुगेर कांग्रेसका उम्मेदवार आंचारसंहिता विपरीत गरीएको शिल्यनाशले स्थानीयले आपति जनाएका छन ।

मतदाता फकाउनलाई आफ्नै निजि जग्गामा शिल्यनाश गर्नु आंचारसंहिताको धज्जी उडाउनु सरह नै भएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: