Friday, March 1, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : भोज भगत माविका प्रधानाध्यापक बलिराम सरार्फ लोसपाको भोट माग्दै...

परवानीपुर गाँउपालिका : भोज भगत माविका प्रधानाध्यापक बलिराम सरार्फ लोसपाको भोट माग्दै , सम्बन्धित निकाय मौन


वीरगन्ज,२४ बैशाख /
बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको भोज भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम सरार्फ खुल्ला रुपमा पार्टीकोे भोट माग्न थालेको पाएको छ ।
्विद्यालयको सम्पुर्ण कामकबाज बन्द गरी उनी स्थानीय निर्वाचनका लागी अहिले एउटा पार्टीको भोट माग्ने कार्यमा ब्यस्त रहेका छन ।
प्र्रधानाध्यायक सरार्फ अहिले लोकतान्त्रिक समाजवादी पार्टीको उम्मेदवारको पक्षमा घरदैलोमा सहभागी भएर खुुल्ला रुपमा भोट माग्न थालेको अवस्थामा देखिएका छन ।
परवानीपुर गाँउपालिका १ बुनियाद निवासी प्रधानाध्यापक सरार्फ लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकर्ता जस्तै आजको घरदैलौमा सहभागी भएका हुन ।
प्रधानाध्यापक सरार्फ आफ्नै वडाको घरदैलोमा सोही विद्यालयका कार्यालय सहयोगी दिपक रौनीयारलाई पनि सहभागी गराएका थिए ।
लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनार निकट रहेका प्रधानाध्यापक सरार्फ आफ्नो फाईदा पुग्ने गरी एउटा पार्टीको उम्मेदवारको भोट माग्न थालेपछि स्थानीय चिन्ता व्यक्त गरेका छन ।
घरदैलौमा लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनार , गाँउपालिका अध्यक्ष पदका उम्मेदवार जगतनारायण महतो , वडाअध्यक्ष पदका उम्मेदवार मिश्री महतो संगै उनी पनि सहभागी थिए ।
एकजना स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापक सरार्फ आफ्नो पदीय मर्यादा बिर्सेर , आफ्नो फाईदाका लागी भोट माग्नु आचारसंहिता विपरित छ ।
सरकारी कर्मचारीलाई कुनैपनि राजनितिक दलको कुनैपनि गतिविधि सहभागी नपाईने भनिएपनि त्यो नियमको उनले वेवास्ता गरेका छन ।
सम्बन्धित निकाय मौन
सामुदायिक विद्यालयका शिक्षकहरुलाई सधैं लाग्दै आएको आरोप हो, उनीहरु कक्षाकोठा सुधारमा भन्दा राजनीतिक दलका गतिविधिमा बढ्ता केन्द्रित हुन्छन् । तर यो आरोप वास्तविक रुपमा पुष्टि भएको छ । अहिले स्थानीय निर्वाचनको मत माग्नमा दलहरु व्यस्त छन । सोही राजनितिक दलका लागी भोज भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम सरार्फ खुल्ला रुपमा पार्टीकोे भोट माग्न व्यस्त छन ।
शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ ।
यस्तै कुनैपनि राजनितिक दलको फाईदा पुग्ने गरी सहभागी हुन र काम गर्न पनि रोक लगाईएको छ । तर यस्को वेवास्ता गरीरहेका प्रधानाध्यापक सरार्फलाई कारवाही गर्न निकाय अहिले मौन छ ।
विद्यालयको शैक्षिक गतिविधिमा असर पु¥याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै उजुरीकर्ताले शिक्षकले राजनीतिक दलको निर्वाचनमा भाग लिने विरुद्ध उजूरी गरे शिक्षक कारवाहीमा पर्न सक्छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: