Thursday, April 18, 2024
spot_img
Homeफिचरलिपनीमालका एक दर्जन युवा नेताहरु एमाले प्रवेश गरे

लिपनीमालका एक दर्जन युवा नेताहरु एमाले प्रवेश गरे

वीरगन्ज,२२ बैशाख /

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालका एक दर्जन युवा नेताहरु आज नेकपा एमालेमा प्रवेश गरेका छन । विभिन्न पार्टी परित्याग गरी युवा नेताहरु एमालेमा प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेमा ताराचन्द्र यादव ,राजेश यादव ,चन्देश्वर यादव , श्रवण प्रसाद रौनीयार , रमेश यादव ,प्रदिप यादव ,रामप्रवेश चौरसीया ,दिनेश रौनीयार ,जिरजोधन यादव ,उदय रौनीयार ,अरविन्द यादव, कर्मुल्लाह अवारी ,राधेश्याम रौनीयार ,सागर यादव लगायतका रहेका छन ।

नवप्रवेशीहरुलाई पार्टीका नेताहरुले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए । नेकपा एमालेका मधेश प्रदेश कमिटिका सदस्य सोचन यादवको प्रमुख अतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेश कमिटि सदस्य रामपाल यादव ,मोबिन आलम , युवा नेता धनराज गुप्ता ,परवानीपुर गाँउपालिका अध्यक्ष पदका उम्मेदवार रामक्षेत्री पटेल ,वडाअध्यक्ष पदका उम्मेदवार ईब्राहिम मियाँ , विद्यार्थी नेता निरन्जन सरार्फ लगायतकाहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: