Thursday, April 18, 2024
spot_img
Homeफिचरबिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


वीरगन्ज ,२० बैशाख /
बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्ह पर्साको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी बक्ताहरुले अहिले पनि प्रेस स्वतन्त्र नरहेकाले यो लागु गराउनमा गम्भीर हुन आवश्यक रहेको बताएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्ह मधेस प्रदेश महासचिव श्याम बन्जाराले अहिलेको समयमा पत्रकार कसैको दास नरहेकाले , तर सत्यलाई सत्य भन्न सक्ने गरि काम गर्ने बताए ।
नेपाल पत्रकार महासङ्हका केन्द्रिय सदस्य केसी लामिछानेले दिनप्रतिदिन प्रेस स्वतन्त्रता उल्लंघनको घटना बढेको बताए ।
नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य शत्रुघन नेपाल , पर्सा उपाध्यक्ष तुलसी भन्डारी , पत्रकार कन्हैया गुप्ता , शिवशंकर साह लगायतकाले बोलेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: