Monday, February 26, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेका ईब्राहिम र कांग्रेसका दिपक बिच कडा प्रतिस्पर्धा

परवानीपुर गाँउपालिका : एमालेका ईब्राहिम र कांग्रेसका दिपक बिच कडा प्रतिस्पर्धा


वीरगन्ज,१९ बैशाख /

बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । ११ दिनपछि मतदान छ । दलहरू प्रचारमा होमिएका छन् । उम्मेदवार मतदाता सामु पुगिरहेका छन् । राजनीतिक दलले आफ्नो घरदैलो कार्यक्रम सँगै बजार क्षेत्रमा ¥याली तथा नाराजुलुस गर्न थालेका छन् ।
आ–आफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन् । यसका लागि उनीहरुले वडागतरूपमा समयतालिका तयार गरेका छन् । उम्मेदवारहरुले मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियान र सभा सम्मेलनले चुनावी सरगर्मी निकै बढेको छ ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ मा नेकपा एमाले र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्ष पदमा एमालेका तर्फबाट ईब्राहिम मियाँ र कांग्रेसका तर्फबाट दिपक यादव उम्मेदवारी दिएका छन । ईब्राहिम मियाँलाई एमालेले पुन अवसर दिएको छ । गत निर्वाचनमा १०८ मतले पराजित ईब्राहिम यसपटक कुनैपनि हालतमा चुनाव जित्ने दाउमा छन । यसपटक सबंै भन्दा बलियो उम्मेदवारको रुयमा छन । यस्तै दिपक कांग्रेसका लागी नयाँ उम्मेदवार बनेर मैदानमा उत्रिएका छन । हुन त दिपकलाई ठुलो पार्टीले उम्मेदवार बनाएर नै ठुलो अवसर दिएको छ । दिपक युवामा लोकप्रिय उम्मेदवारका रुपमा पनि छन । त्यसकै फाईदा उठाउने चर्चा हुन थालेको छ ।
२०७४ सालमा तत्कालिन राजपाबाट वडा अध्यक्षमा निर्वाचित भएका अनिल रामलाई युवाहरुको साथ नरहेकाले उनी चर्चा मै छैनन । रामलाई दिपक यादवको युवाको टोलीले सघाएपछि उनी निर्वाचित भएका थिए । अहिले रामको साथ सबैले छाडिसकेका छन । रामलाई निर्वाचित गराउन दिपक सहितका युवाहको सबै रुपमा सहयोग थियो । जुन युवा टोलीको अहिले साथ नै छैन ।
तत्कालिन राजपा हालका लोसपा पार्टीले दिपकलाई १५ बर्ष सम्म अवसर नदिएपछि असन्तुष्ट बनेर उनी गएको चैत महिनामा कांग्रेसमा प्रवेश गरे । जनता समाजवादी पार्टीका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार सगीर आलम उम्मेदवार बनेका छन । भने नेकपा माओबादी केन्द्रबाट वडा अध्यक्ष पदमा असलम मियाँले उम्मेदवारी दिएका छन । सोहि कारण एमालेका ईब्राहिम र कांग्रेसका दिपक बिच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरुले चर्चा गर्न थालेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: