Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाउँपालिका : एमालेका उम्मेदवार मत माग्दै मतदाताका घरदैलोमा

परवानीपुर गाउँपालिका : एमालेका उम्मेदवार मत माग्दै मतदाताका घरदैलोमा

वीरगन्ज,१८ बैशाख /


बाराको परवानीपुर गाउँपालिकामा जारी नेकपा एमालेको तेस्रो दिनको चुनावी घरदैलो आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम क्षेत्री प्रसाद कुर्मी र उपाध्यक्ष पदकी उम्मेदवार सुगान्धी देवी कानुले चुनावी अभियान र घरदैलोलाई हिजोदेखि अगाडी बढाएका छन ।

गाउँपालिकाको विकास, समृद्धि र भविष्य नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव भएको नारा लगाउँदै आज गाउँपालिकाको वडा नम्बर ३ लिपनीमालमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा उम्मेदवारहरुले सूर्य छापमा मतदान गरेर अत्यधिक बहुमतका साथ विजयी बनाउन आग्रह गर्दै यस पटक नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा एमालेका नेतृ ज्वाला साह , नेकपा एमाले प्रदेश कमिटी सदस्य जयप्रकाश यादव, रामपाल यादव, अमर यादव, सोचन यादव, मोबिन आलम, उमेश गुप्ता, ध्रुप यादव, राम यादव , नविन यादव ,वडा अध्यक्ष पदका उम्मेदवार ईब्राहिम मियाँ लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: