Friday, March 1, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : एमालेका रामक्षेत्री र कांग्रेसका लालबाबु बिच कडा प्रतिस्पर्धा

परवानीपुर गाँउपालिका : एमालेका रामक्षेत्री र कांग्रेसका लालबाबु बिच कडा प्रतिस्पर्धा

वीरगन्ज,१७ बैशाख /
बाराको परवानीपुर गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमाले र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

गाँउपालिका अध्यक्ष पदमा एमालेका तर्फबाट रामक्षेत्री पटेल र कांग्रेसका तर्फबाट लालबाबु यादव उम्मेदवारी दिएका छन ।

०७४ सालको निर्वाचनमा गाँउपालिका अध्यक्ष पदमा एमालेका पटेल र कांग्रेसका यादव उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थानमा ल्याएका थिए । यी दुबै जनालाई पार्टी पुन अवसर दिएको छ ।

०७४ सालको निर्वाचनमा पटेल १८ सय मत र कांग्रेसका यादव १६ सय २९ मत ल्याएका थिए ।

०७४ सालमा तत्कालिन राजपाबाट गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हरिनारायण साहको टिकट फेरिएको छ । उनको ठाँउमा जगतनारायण महतोलाई टिकट दिईएको छ ।

तत्कालिन राजपा हालका लोसपा पार्टीले साहलाई टिकट नदिएपछि असन्तुष्ट बनेका छन ।

उनी जनता समाजवादी पार्टीका गाँउपालिका अध्यक्ष पदका उम्मेदवार सन्जु साहलाई सघाईरहेका छन ।

एमालेका रामक्षेत्री र कांग्रेसका लालबाबु बाहेकका सबै पार्टीका गाँउपालिका अध्यक्ष पदका उम्मेदवार नयाँ छन ।

सोही कारण एमालेका रामक्षेत्री र कांग्रेसका लालबाबु बिच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरुले चर्चा गर्न थालेका छन । नेकपा माओबादी केन्द्रबाट गाँउपालिका अध्यक्ष पदमा अजय पटेलले उम्मेदवारी दिएका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: