Monday, February 26, 2024
spot_img
Homeफिचरकांग्रेस–जसपा गठबन्धनलाई भोट हाल्न आग्रह’

कांग्रेस–जसपा गठबन्धनलाई भोट हाल्न आग्रह’


वीरगन्ज,१७ बैशाख /’
कांग्रेस जसपा गठबन्धनका उम्मेदवारले वीरगन्ज महानगरपालिकाको चुनावमा आफ्नो पक्षलाई मतदान गर्न सोनार समाजलाई आग्रह गरेका छन् । शनिवार एक होटलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताउने उद्घोष गरेका हुन् । नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ तथा स्थानीय व्यवसायी रामरतन सर्राफको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए । वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले निरन्तर जनताको माझमा भिजेको व्यक्तिले नै जनताको समस्यालाई बुझ्न सक्ने बताए । कार्यक्रममा व्यसायी प्रमोद सर्राफ, वडा नम्बर ३ का निवर्तमान अध्यक्ष बैजु स्वर्णकार, वीरगञ्ज महानगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य एवम् वडा नम्बर १० मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुशील कुमार कानु, वडा नम्बर १५ मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादव, जसपाका नेता मुकेश द्विवेदीलगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: