Thursday, June 13, 2024
spot_img
Homeफिचरपरवानीपुर गाउँपालिका : नेकपा एमालेको चुनावी घरदैलो तिव्र

परवानीपुर गाउँपालिका : नेकपा एमालेको चुनावी घरदैलो तिव्र

वीरगन्ज,१७ बैशाख /
बाराको परवानीपुर गाउँपालिकामा जारी नेकपा एमालेको दोस्रो दिनको चुनावी घरदैलो आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम क्षेत्री प्रसाद कुर्मी र उपाध्यक्ष पदकी उम्मेदवार सुगान्धी देवी कानुले चुनावी अभियान र घरदैलोलाई हिजोदेखि अगाडी बढाएका छन ।

गाउँपालिकाको विकास, समृद्धि र भविष्य नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव भएको नारा लगाउँदै आज गाउँपालिकाको वडा नम्बर २ रामपुरमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा उम्मेदवारहरुले सूर्य छापमा मतदान गरेर अत्यधिक बहुमतका साथ विजयी बनाउन आग्रह गर्दै यस पटक नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार रामेश्वर प्रसाद पटेल, नेकपा एमाले प्रदेश कमिटी सदस्य जयप्रकाश यादव, रामपाल यादव, अमर यादव, सोचन यादव, मोबिन आलम, उमेश गुप्ता, ध्रुप यादव, राम यादव लगायतको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: