Saturday, February 24, 2024
spot_img
Homeफिचरएमाले र लोसपाको घरदैलो अभियानमा तीव्रता

एमाले र लोसपाको घरदैलो अभियानमा तीव्रता

वीरगञ्ज, १६ वैशाख /

वीरगन्ज महानगरपालिका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वीरगञ्जमा एमाले र लोसपा गठबन्धनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तीव्रता दिएका हुन् । वीरगञ्नका हरेक वडाहरुमा जनताका घरैमा पुगेर भोटमाग्ने वा घर दैलो र चुनावी प्रचारप्रसार कार्याक्रमहरु तिव्रताका साथ गरिरहेका छन । निर्वाचनका लागि प्रत्येक्ष घरमै पुगेर भोट माग्ने कार्यले भोट माग्ने र भोट दिने आम जनताहरुले नेकपा एमाले प्रति उत्सुक्ता जनाएका छन । आज वीरगञ्ज ४ एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुमन श्रैष्टको नेतृत्वमा कार्याकर्ताहरुले भोटमाग्ने, घर दैलो कार्याक्रमलाई तिव्रता पारेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बार ४ कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुखका उम्मेदवार विजय कुमार सरावगी एवं उपप्रमुखका उम्मेदवार पुरुषोत्तम लाल झाले वीरगञ्जलाई आधुनिक र विकासको शहरमा रुपान्तरण गराउनका निम्ती एमाले र लोसपाको गठबन्धनले जित्नुपर्ने धारणा राखेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: