Monday, February 26, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर : माओबादी केन्द्रबाट वडा अध्यक्ष उम्मेदवार बनेका यादव विरुद्ध उजुरी

वीरगन्ज महानगर : माओबादी केन्द्रबाट वडा अध्यक्ष उम्मेदवार बनेका यादव विरुद्ध उजुरी

वीरगन्ज,१५ बैशाख /
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका वीरगन्ज महानगरमा एकजना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा नेकपा माओबादी केन्द्रबाट उम्मेदवारी दिएका प्रभु यादव विरुद्ध उजुरी परेको हो ।
सोही वडामा नेकपा माओबादी केन्द्रबाट वडा अध्यक्षमा अर्को उम्मेदवार बनेका जुमादिन अन्सारीले उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्न उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा माओबादी केन्द्र पार्टीले दुबै जनालाई वडाको टिकट दिएको छ , उम्मेदवारी एकैदिन भएको छ तर अधिकारीक उम्मेदवार यादव नरहेको बताउँदै अंसारीले खारेजीको उजुरी दिएको मुख्य सहायक निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले बताए । ती उजुरीमाथि छानबिन गरेर जानकारी गराईने उनले बताए ।
वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरुद्धमा वैशाख १४ मा दावी विरोधको उजुरी गर्ने समय दिइएको थियो ।
कुनै पनि राजनितिक पार्टीले एकै पदमा दुई जनालाई टिकट दिए एकले अर्कोलाई खारेजीको माग राख्दै उजुरी दिने व्यवस्था छ ।
यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ ।
त्यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् ।
जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए सो उम्मेदवारी पनि रद्द हुन सक्छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: