Friday, March 1, 2024
spot_img
Homeफिचर७२ जिल्लाको मतपत्र छपाइ सकियो, चुनावको दिन सार्वजनिक बिदा

७२ जिल्लाको मतपत्र छपाइ सकियो, चुनावको दिन सार्वजनिक बिदा

वीरगन्ज,१५ बैशाख /

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।

‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।​

यसैगरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: