Thursday, April 18, 2024
spot_img
Homeफिचरकाँग्रेसबाट उम्मेदवारी दिएकी अधिकारीको उम्मेदवारी खारेज

काँग्रेसबाट उम्मेदवारी दिएकी अधिकारीको उम्मेदवारी खारेज

वीरगन्ज,१५ बैशाख /

मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी एक जना महिलाको उम्मेदवारी खारेज भएको छ । नेपाली काँग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छायाँ अधिकारीको मनोनयन खारेज भएको छ । उनी राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए ।

गत वैशाख १३ गते बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । उजुरी परेका मध्ये नेकपा माओवादीका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका भक्त खत्री र नेपाली कांग्रेसका बकैया गाउँपालिका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरी भने रद्द भएको छ । उनीहरु विरुद्धको उजुरीमा प्रमाण नपुगेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत पोखरेलले बताए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: